जोखिम भत्ता नपाएको भन्दै बीपीका चिकित्सक आन्दोलित

धरान÷जोखिम भत्ता नपाएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत आवासिय चिकित्सक र मेडिकल असिफरहरु आन्दोलनमा उत्रिएका छन् ।
मेडिकल अफिरहरुले आफुहरुले तलब सहित कोभिड उपचारमा खटिदाको जोखिम भत्ताको पाउनु पर्र्ने माग राख्दै आन्दोलित भएका छन् भने आवासिय चिकित्सकहरुले कोभिड काम गरेका जोखिम भत्ता पाउनुपर्नै माग राख्दै आन्दोलित भएका हुन् । प्रतिष्ठानका उपकुलपति कार्यकक्ष धर्ना दिदै आन्दोलन सुरु गरेका मेडिकल असिफरहरुले मंगलबार सम्म पनि माग पुरा नभए आकस्मिक कक्षमा समेत काम छोडेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल सरकारले मेडिकल असिफरहरुलाई ८ औं तहको मापदण्ड तोकेअनुसार अन्यत्रका अस्पतालहरुमा मासिक ५५ देखि ६० हजारको तलब स्केल पाइराखेको तर प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरुले भने ३४ हजार ५ सय मात्र पाइ राखेको कारण नेपाल सरकारले तोकेअनुसार आफुहरुले पनि तलव पाउनु पर्ने आन्दोलनरत डा.इडेन काफ्लेले वताए । कोरोनाको जोखिम भत्ता समेत नपाएको वताए ।
पटक पटक प्रतिष्ठान प्रशासनसँग माग राखे पनि सुनुवाई नभए पछि बाध्य भएर आन्दोलनमा उत्रन बाध्य भएको उनले वताए । ता प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु पनि कोभिड जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा छन् । उनीहरुले माघ १ गतेदेखि नै कोभिड ड्युटी बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले नेपालमा कोभिड महामारी शुरु भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अहिलेसम्म जोखिम भत्ता नपाएको कारण आफुहरु आन्दोनलन उत्रिएको सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले वताए । उनले विगत ५,६ महिनादेखि नै जोखिम भत्ताबारे पटक पटक ध्यानाकर्षण, छलफल र विज्ञप्तीमार्फत भत्ताको लागि पहल गर्दा पनि हालसम्म नपाएपछि आन्दोलनमा उत्रनु परेको बताए ।

तपाईको प्रतिक्रिया