कोरोनाको जोखिमका समयमा आकस्मिकबाहेकका अन्य सेवा बन्द गरी कोरोनाको उपचारलाई प्राथमिकता दिएसंगै विरामीले सहज रुपमा उपचार गराउन नपाएको गुनासो बढेको थियो । सोही गुनासोलाई मध्यनजर गरी प्रतिष्ठानले ओपिडी सेवा सञ्चालन ग¥यो ।
भौतिक दूरी, माक्सको प्रयोग, सेनिटाइजरको प्रयोगसंगै सर्वसाधारणलाई सुरक्षित ढंगले उपचार गर्ने कुरामा प्रतिष्ठान गम्भीर बन्यो ।
कोरोनाको जोखिम न्यूनिकरण गर्ने भन्दै सेवा सुविधा बन्द गरिएको थियो ।अहिले विस्तारै सेवा सुविधा सुचारु गरिएको छ । अत्यन्तै भीड हुदा समेत सहज रुपमा उपचार गराउन पाएको उपचारमा आएका सर्वसाधारण बताउँछन् ।
सिराहाबाट आफन्तको उपचारमा आउनु भएका दिपक यादवले अहिले प्रतिष्ठानको सेवा सुविधामा सुधार भएको पाएको बताउनुभयो ।
अहिले शल्यक्रिया र पेइङसेवाबाहेक अन्य सेवा विस्तारै शुरु भएपछि विरामीको चाप समेत ह्वात्तै बढेको छ । विरामीको सहजतालाई ध्यानमा राखेर विल काउन्टरमा विल काट्नेदेखि सम्बन्धित चिकित्ससंग उपचार गराउने सम्म नै सहज भएको स्थानीय खगेन्द्र
रेग्मी बताउनुहुन्छ ।
दिनप्रतिदिन विरामीको चाप बढ्दै गएको प्रतिष्ठानको विल काउन्टरका कर्मचारी धर्मेन्द्र राजवंशीले बताउनुभयो । अहिले विल काउन्टरमा सर्वसाधारणको सहजताका लागि मुटुको विरामीका लागि, फोक्सकोको विरामीका लागि र ग्यास्ट्रोका
विरामीका लागि छुट्टाछुट्टै बिल काउन्टरको व्यवस्था गरेको बताउनुभयो । अहिले सरदर ८ सयदेखि १ हजारसम्म विरामी ओपिडीमात्र उपचारका लागि आउने गरेको उहाले जानकारी दिनुभयो ।
विरामीको चाप बढ्दै जाँदा प्रतिष्ठानले पनि सर्वसाधारणको उपचारमा सहजता अपनाउन थालेकैले सर्वसाधारणले सहज रुपमा उपचार गराउन पाएका छन् । विना झन्झट उपचार गराउन पाउदा उनीहरुले खुशी व्यक्त गर्ने गरेका छन् ।
