गालीबादी–गाली विचारधारा
पर्धानमन्तरी र फुल अध्येक्षे खम्ला भनेर रातारात झालेमाले भा’का प्रचण्डाउ यतिबेला थाप्लोमा हात राखेर सडकतिर गाउँदै हिड्न थाल्या छन् । दश बर्ष गोली चलाएर नरसंहार गरेका प्रचण्डाउले तीन बर्ष पनि ओली चलाउन सकेनन् । ओलीका अगाडि कस्ता कस्ता तीसमार खाँहरु त टिक्न सक्दैनन् भने जाबो बन्दुके टिक्ने कुरा पनि आएन । पर्धानमन्तरी खपओबाले विचारा बन्दुकेलाई तीन बर्षमै हाराबरा खेलाई दिएछन् । धन्न तिले सडकमा साथ दिने माकुने र झलझलु भेट्टाएछन । तिनै दुईले ताली पिटेर प्रचण्डाउले गीत (भाषन, गाली) गाउन पाएका छन । अब त दर्शकको ंसख्यापनि घट्न थालेपछि विचारालाई थप टेन्सन भएको छ । आफू सडकमा आउनु प¥यो, छँदाखँदाको बुहारीको मन्त्रिपद पनि चैट भयो, आफ्ना नातागोताहरुलार्ई राजदूत बनाएका थे, ठाम ठाममा जागिर लगाइद्या थे सबैको विल्लीबाठ हुन थाल्या छ । खप्रओलाई लघार्छु भन्ने सोच्या थे विचारा आफै सडकमा पछारिन पुगे । आखिरी खप्रओ भन्या खपओ नै हुन् ।
मुख मन्तरीको सादी
पर्देश न. १ का मुखमन्तरी सादी गर्ने तरखरमा लाग्या रा’न । आखिरी कुमार पो हैनन त कन्ने केटा त हुन नि † विचारालाई सादी गर्ने फुर्सदसम्म भा’थेन । कहिले ट्वाइलेट उद्घाटनमा दौडनुपर्ने, कहिले बाख्राको खोर, कहिले संगुरको खोर, कहिले धान रोपाई उद्घाटनमा दौडदै फुर्सद पा’ थेनन् । तीन कोडको गाडमा बसेर उद्घाटनमा दौडदै विचारलाई सादी गर्ने फुर्सदै थिएन । अब उन्लाई फुर्सद होला होला जस्तो छ । फुर्सदमा त केही न केही गर्नैप¥यो । त्यसै बस्दा लोकाचारले कुरा काट्ने । बरु सादीउदी गर्नु नै बेस सम्झेछन् । हुन त यस भन्दा अघि पनि सादीउदी गरेर घरजम गर्ने सोच नबनाएका त कहाँ हुन् र ? त्यो बालिका कटुवाल भन्नेले उत्पाद मच्चाएसी’ विचराको कन्दनी खुस्या थ्यो । पछि यसो दामसाम दिएर बालिकाको थुतुनो बन्द गराका थे । जे होस् अब सादीको मार्ग प्रसस्त भा’छ । कन्ने केटाको सादी धुमधासँग हुनेभयो ।
प्रवक्तामा नियुक्ति पाए क्यारे
काँग्रेसको फुर्का अँठ्याएर एक सिटे सांसद भएका हिसिला (जोइ) का पोइ बाउरामलाई वाल्वाटारे स्यालबहादुरले प्रवक्तामा नियुक्ति गरेछन् कि क्याहो ? घण्टाघरलाई हिजो आज शंका लाग्न थाल्या छ । गोडादसेक दिन अगाडिसम्म काँग्रेसलाई बांगा आँखाले नि देखी नसहने बाउराम अहिले भने देउवाको बखनामा समये खर्चिन थाल्या छन् । देउवा इमान्दार रे, देउवा पर्धानमन्तरी बन्नुपर्छ रे । जंगली जनावरहरु त्यसै युटर्न हुँदैनन् तिन्ले देउवाको बखान गरेको सुन्दा घण्टाघरमात्र होइन लाटागाँडा पनि छकक पर्न थाल्या छन् । गोप्य रुपमा देउवाको प्रवक्ता नियुक्ति पाएकै हुनुपर्छ बाउरामले । न देउवासँग यिन्को जात मिल्छ न धर्म मिल्छ । अनि बखान फुइøयाँको लागि गर्नु ?
आ“धीबेहरी ल्याउने रे
पर्धानमन्तरी खप्रओले त्यसै भन्या होइन रै’छन् कुहेको जनयुद्ध भनेर । अहिले त जनयुद्धमात्र कुहेको नभई जनयुद्धका नाइकेको पनि दिमाग चाहिँ कुहेकै पाइयो । अस्तिका दिन जनयुद्धका नाइके पचण्डाउले भन्या हाम्लाई निर्वाचन आयोगले नेकपा र चुनाउ चिन्ह सूर्य नदिए आँधीवेहरी ल्याम्छम भनेर कुर्लेको देख्दाघण्टाघरलाई कुरी कुरी लागेर आएको छ । प्रचण्डाउले सूर्य चिन्हमा दाबी गरेको देख्दा कस्लाई कुरी कुरी नलाग्या होला ? यिन्को सूर्र्जे चिन्ह कहिले थियो ? गोलाकार भित्रको हँसिया हतौडा नदिए आँधीवेहरी ल्याम्छम् भन्या भए त लौ स्वभाविक मान्न सकिन्थ्यो । हुन त सदैव अर्काकोलाई आफ्नो दाबी गर्नै प्रचण्डाउले त्यसो भन्दा कुनै नौलो कुरा पनि भएन । हिजो अरुकै सम्पत्ति लुट्या हुन् । अरुकै जग्गा कब्जा ग¥या हुन, अरुकै बन्दुक खोस्या हुन् । अब हुँदा हुँदा पूर्व एमालेको सूर्य चिन्हमा गति छाडेर दावा गर्न थाल्या छन् । पर्धानमन्तरी खप्रओले यसो दुई चार दिन भुराभुरीले खेलून न त भनेर सूर्र्य चिन्ह खेलाउनद्या थिए । अहिले त आफैले पाउनुपर्छ भनेर दाबी गर्न थाले । यो चाहिँ अलि हजम हुँदैन कि प्रचण्डाउ ?
स्थापना नभए अनर्थ हुन्छ रे
हैन हौ ती तनहुँका रामचन्द्रे बाजेको करङ्गको जार्नी ठीक भइसकेछ ? टुुइँके र करङ्ग खुस्किउन्ज्याल अरिंगालहरुले डसेका थिए । ठीक भएर्रै होला हिजो आज नजाने गाउँको पनि बाटो सोध्न थाल्या छन् । कागलाई बेल पाक्यो हर्ष न विस्मात । हिजो आज बाजे संसद पुनस्र्थापना भएन भने अनर्थ हुन्छ भन्दै हिड्न थाल्या छन् । के अनर्थ हुन्छ कुन्नि ? आकाश झर्छ कि धर्ती फुट्छ ? ट्याउ ट्याउ अनर्थ हुन्छ भनेर बोलेर मात्र त भएन नि । फेरि पुनस्र्थापना भए पनि तिन्लाई केही भाग लागी हुँदैन नभए नि केही लछारपाटो लाग्दैन । आफै सांसद नभएकालाई गाइले बाछो पाए नि के मतलब बाछी पाएन के मतलब । रामचन्द्रे बाजे उही विगैती खाने त हुन् । सांसदमा जित्नेहरु त उस्तो बोल्न छाडिसकेका छन् । बाजेलाई चाहिँ किन खस खस लाग्या होला ? चुनाउ भएमा फेरि पनि बाजेले खैरियात नदेखेर हो कि ? घण्टाघरलाई त शकै लाग्न थाल्या छ ।
खप्रओस“ग स्पस्टीकरण लिने रे
कम्निष्ट बिग्रिए भने नरामोसँग गन्हाउँछ भन्थे हो कि क्या हो ? माकुने र प्रचण्डाउ यतिखेलर जन्ताका नामकमा दंगदंग्ती गन्हाउन थाल्या छन् । जाबो एउटा पर्धानमनतन्री पद छ त्यो माकुनेलाई नि चाहिएको छ । प्रचण्डाउलाई नि चाहिया छ । खप्रओ कसैलाई दिँदै नदिने पद नपाएसी सडकमा गएर रुन्चे गीतकारले आमा मलाई त्यही केटी चाहिँन्छ भनेर रुवाबासी गरेझै सडकमा गएर हातखुट्टा बजार्न थाल्या छन् । कुनैपनि हालतमा खप्रओले नदिने छनक पाएसी विचराहरु खपओसँगै स्पष्टीकरण सोध्ने सोचमा पुग्या छन् । छदाखाँदाको भागमा अमत्याई लागेसी कस्को के लाग्छ ? फेरि तिन्ले खप्रओलई के भनेर स्पष्टीकरण सोध्लान् ? सडकबाट पर्धानमन्तनरीलाई स्पष्टीकरण सोध्न मिल्छ कि मिल्दैन ? खै माकुने, झल्लाझलु र प्रचण्डाउको दिमागमा गुइँठा भरिएका छन् कि क्याहो ?
दुई जिबे्र स्याल बहादुर
नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादुरलाई हिजो आज औधी छट्टपट्टी हुन थाल्या छ । विचरा आप्mना लागि कताबाट झर्छ भनेर दोधारमा परेका छन् । कहिले माकुने प्रचण्डाउले संसद पुनस्र्थापना भए तपाई नै पर्धानमन्ती भनेपछि उतै दौडन्छन् । फेरि खप्रओले संसद पुनस्र्थापना भएसी तपाई नै पर्धानमन्तरी भन्दिएकोमा घरी उता दौडन्छन् । पर्धानमनतरीको पदचाहिँ झर्नु प¥यो बस † केही दिन अगाडिसम्म लाँग्रेस चुनाउमै जानुपर्छ, संसद पनुस्र्थापना हुन सक्दैन भनेर वाल्वाटारे लाइनमा हिँड्या स्यालबहादुर एकाएक भैसेपार्टी र कोटेश्वर दरबार धाउन थाल्या छन् । विचारालाई ज्योतिषीले सात पटकसम्म पर्धानमन्तरी हुन्छस् भनेर जो भन्दिएको छ । ज्योतिषीको भनाई सम्झदै उनी हिजो आज संसद पुनर्सपना हुनपर्छ भन्दै फलाक्न थाल्या छन् । यस्ता विना पिँधका लोटाले खै के गर्ला र ?
अन्तेमा
यतिबेला नेपालाँ साइबर सेनाको भर्ति खुलेको छ । न सीमामा गएर लड्नुपर्ने, न यस्ता चीसामा कवाज खेल्नुपर्ने, न क्याम्पभित्र मात्र बस्नुपर्ने । गज्जब छ साइबर सेनाको जागिर पनि । साइबर सेनाको लागि योग्यता भन्या नै गाली गर्नमा पोख्त हुनुपर्छ । घरमै बसी बसी जागिर खान सकिन्छ । अहिले साइबर सेनामा सबैभन्दा बढी नियुक्ति गर्नमा माकुने–प्रचण्ड र खप्रओबीचमा प्रतिष्पर्धा नै चल्या छ । यसको महत्वपूर्ण कारण भन्या पर्धानमनतरी पद, पार्टी र चुनाउ चिन्ह सूर्जे नै हो । साइबर सेनाले घरमा बसेर जनताको दिमाग भुट्ने गरी एकले अर्कालाई अमाचकारी गाली गर्नु हो । हुन त अरु पार्टीले पनि साइबर सेनामा धमाधम भर्ना लिइरुहेका
छन् । काँग्रेसले पनि भर्ना लिइरहेको छ, मधेशवादी दलहरुले पनि भर्ना लिइरहेको छ । यो क्रम ६ महिनासम्म चल्ला जस्तो छ । आखिरी साइबरसेना भन्या म्यादी प्रहरी जस्तै त हो ।
