कोभिडको कहरका कारण थलिएका हलहरु सञ्चालनमा आए

धरान÷कोभिड संक्रमणका कारण सरकारले लकडाउनको घोषणा गरेसँगै बन्द हुन पुगेका पूर्वका चलचित्र हलहरु विस्तारै सञ्चालनमा आएका छन् ।
चलचित्र हलहरु बन्द हुँदा निर्माण भएर सञ्चालनको लाइनमा रहेका चलचित्रहरु त्यसै थन्किएका थिए । लाखौ लगानी गरेर निर्माण गरिएका चलचित्र हलहरु प्रयोजन विहीन अवस्थामा पुगेका थिए भने हजारौ कलाकर्मीहरुको रोजीरोटी खोसिएको थियो ।
चलचित्र हलहरुलाई सञ्चालनमा ल्याउन, चलचित्रकर्मीहलाई गतिशील बनाउन निर्माता संघ र नेपाल चलचित्रकर्मी महासंघले केही दिनदेखि सरकारलाई दबाब दिँदै मात्र आएका थिएनन् पूर्वमा हलहरु सञ्चालनमा ल्याउन संयुक्त रुपमा पहल समेत गर्दे आएको थियो । माघ २ गते धरानमा नेपालका सुपरस्टार नायक शिव श्रेष्ठको समुपस्थितिमा एउटा यस्तो प्रेम कहानीको च्यारिटी सो भएको थियो । चलचित्र निर्माता संघका महासचिव अलिम अन्सारीले दिनुभएको जानकारी अनुसार थला परेको चलचित्र क्षेत्रलाई गतिशील बनाउन च्यारिटी सोको आयोजना गरिएको र दर्शकहरुले समेत चलचित्र मन पराइदिनु भएको थियो । सुपर स्टार नायक शिव श्रेष्ठको समिपमा पुग्न र फोटो सेशन गर्न युवायुवतीहरुको तँछाड र मछाड नै चलेको उहाँले बताउनुभयो ।
माघ ४ गते पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानी र राजधानी बाहिर रहेका चलचित्रकर्मीहरुको आयोजनामा इटहरीको तलातलैयमा बृहत वनभोज कार्यक्रमको आयोजना समेत भएको थियो । चर्चित नायिका एवम् निर्माता दिपाश्री निरौला, रविन्द्र खड्का,
चिरिञ्जिवी बस्नेत, नेपाल चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधान, निर्माता रविन्द्र श्रेष्ठ लगायतको वनभोज कार्यक्रममा सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया