धरान÷विराट मेडिकल कलेजका साझेदार डा. ज्ञानेन्द्र गिरीलाई तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढाकालको जोडबलमा उपकुलपति नियुक्ति गरेपछि ओह«ालो लाग्न थालेको भारतीय सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज, नेपालमै सबैभन्दा ठूलो र प्रदेश नं. १ को गौरव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुर्गति थामिने अवस्थामा देखिएको छैन ।
चार मुख फर्काएर एकअर्काको सेखी झार्न तल्लीन र कमिशनमा भागबण्डाको निम्ति आन्तरिक भिडन्तमा व्यस्त पदाधिकारी पदाधिकारीलाई एक आसमा भिडाएर कमिशन खाने वातावरण बनाउन खप्पिस अधिकृत स्तरका कर्मचारी तथा पदाधिकारीको फेरि मात्र लगाउने, कामचाहिँ केही नगर्ने कामचोरहरुको माकुरी जालोमा प्रतिष्ठानलाई लगभग बन्द नै गर्नुपर्ने अवस्थामा पु¥याएको केही इमान्दार प्राध्यापकहरुले बताएका छन् ।
हरेक महिना तलबको हाहाकार

आफ्नो नियुक्ति पश्चात नै उपकुपति डा. गिरीले प्रतिष्ठानको लेखा शाखा तथा प्राध्यापकहरुसँग सल्लाह नगरी आफूलाई ‘हिरो उपकुलपति’ सावित गर्न प्रतिष्ठानका आम शिक्षक कर्मचारीलाई भेला गरेर हचुवाको भरमा तलब बृद्धि गरेको घोषणा गरे ।
आर्थिक प्रशासनमा शून्य बराबरको ज्ञान भएका उपकुलपतिले आफूलाई नियुक्ति गराउने मन्त्री भानुभक्त ढकाल मार्फत अरबौ रुपैया ल्याएर ‘बढेको तलबमा शिक्षक कर्मचारीलाई भुलाउने र करोडौको उठन्ती धन्दा चलाउने ’ दाउमा रहेको सहजै बुझ्न सकिन्छ, आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक प्राध्यापकले भने ।
आपूm रजिष्ट्रार नहुन्ज्यालसम्म वर्तमान रजिष्ट्रार मोहनचन्द रेग्मीले समेत उनको यो योजना निर्माण र कार्यान्वयनमा साथ दिए । तर आफ्नो नियुक्ति पश्चात रजिष्ट्रार रेग्मीले पहिला उपकुलति डा. गिरीका सल्लाहकार दिलीप भट्टराईलाई हँटाएर मात्र मन्त्री स्तरबाट बजेट निकासा गराउँदा मात्र आफ्नो पनि उठन्ती धन चल्नेदेखेर आफू रजिष्ट्रार नियुत्ति भएको एक हप्ता पश्चात नै उनले उपकुलपतिका सल्लाहकार भट्टराई हँटाउने र मन्त्रालयको बजेट निकासा रोकाउने पूर्व एमालेको ‘कमाउ दस्ताको’ एउटा ठूलो समूह नै परिचालन गरे । परिणाम स्वरुप उपकुलपति डा. गिरीले सल्लाहकार भट्टराईलाई बर्खास्त गर्न त बाध्य भए तर यही अभियानले मन्त्रालयबाट निकासा हुन लागेको इन्स्युरेन्सको १३ करोड, जेरियाट्रिक उपचार अन्तर्गतको १० करोड रुपैया र तलब भत्ताको निम्ति ५२ करोड रुपैया रोकियो । फलत ः अहिले प्रतिष्ठानमा प्रत्येक महिनाको तलब भत्ता दिने रकमको अभावमा हाहाकार हुने गरेको छ ।
हृदयेश त्रिपाठी मन्त्री हुने वित्तिकै रजिष्ट्रार दौडिए चितवन

चितवनका बासिन्दा रजिष्ट्रार रेग्मीले रजिष्ट्रारमा नियुक्ति लिन अढाई करोड खर्च गरे पनि उनको यो अस्थायी नियुक्ति हो । पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ्गको आफन्त, एक मदिरा व्यवसायी र प्रम केपी ओलीका सल्लाहकार विष्णु रिमालको सेटिङमा उपकुलपति डा. गिरीलाई हँटाएर जम्मा सात करोडको उपकुलपतिको नियुक्ति लिनका निम्ति आवश्यक रकम समेत खर्च गरिसकेका रजिष्ट्रार रेग्मी तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हँटेपछि प्रतिष्ठानमा सबैभन्दा बढी हौसिएका छन् ।
मन्त्री ढकालले जति गरेपनि उपकलपति डा. गिरीलाई नै च्याप्ने र उनी हँटेपछि मात्र आफ्नो निम्ति अनकूल वातारण बन्ने कुरा डा. रेग्मीले आफ्ना सहयोगीहरुलाई भन्दै आएको एक कासले बताए । अझ चितवनसँगै जोडिएको जिल्ला नवलपरासीबाट प्रतिनिधित्व गर्ने त्रिपाठी नै मन्त्री बनेपछि हौसिएका रजिष्ट्रार डा. रेग्मी गोप्य रुपमा चितवन गएर मन्त्री त्रिपाठीका आफन्त मार्फत तत्काल मन्त्रालयबाट निकासा हुने रकम रोक्ने र आगामी केही महिनाभित्रै उपकुलपति डा. गिरीलाई हँटाएर आफू उपकुलपति बन्ने सहमति गरे अनुरुप हाललाई मान्त्रालयबाट निकासा हुन लागेको बजेट समेत मन्त्री त्रिपाठीले रोकिसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
प्राध्यापकहरुको समाज पनि फुट्यो
प्रतिष्ठानभित्र निरन्तर भाँडभैलो भइरहने प्रथाको निरन्तता अनुरुप गत हप्ता प्रतिष्ठानका चिकित्सक, शिक्षकहरुको मेडिकल तथा डेन्टल शिक्षक कल्याण समाज समेत फुटेको छ ।
प्रष्ठिानको नियमावली अनुरुप प्रतिष्ठानका सबै विद्याका शिक्षकहरु सम्मिलित शिक्षक युनियन हुनुपर्न भए तापनि चिकित्सक नरहेका प्राध्यापकहरुलाई नसमेटी बनाइएको हालतको समाजलाई अमान्य घोषित गर्दै प्रा.डा. विएन यादवको अध्यक्षतामा नियमावली अनुरुप सबै विधाका शिक्षकहरु समेटेर नयाँ समाज गठन गरिएको दाबी गरिएको छ ।
बरिष्ठ प्राध्यापकहरुको मानमर्दन गर्ने, नन्–मेडिकल शिक्षकहरुलाई माछे नै हैनन जस्तो व्यवहार गर्ने प्रवृत्तिको फलस्वरुप यो समाज गठन गरिएको हो, एक प्राध्यापकले भने प्रष्ठिानका सबै बरिष्ठ प्राध्यापकहरु र प्राध्यापकहरुको वहुमत संख्या यसै समाजमा समाहित भइसकेका छन्, अब चिकित्सकहरु मात्रै सम्मिलित संस्थासँग प्रतिष्ठानले आधिकारिक तवरले व्यवहार गर्न मिल्दैन, त्यो संगठन अब त्रिभुवन विश्व विद्यालयको आधिकारित प्राध्यापक संघ जस्तो नभएर प्रगतिशील, प्रजान्त्रिक प्राध्यापक संघजजस्तो मात्र हो, डा. यादवको संयोकत्वको नयाँ समाजका एक सदस्यले भने । तथापि मेडिकल तथा डेन्टल शिक्षक कल्याण समाजका एक पदाधिकारीले भने यो शिक्षकहरुलाई फुटाएर राज गर्ने उपकुलपतिको योजना अन्तर्गतको कार्य हो ।
