आरक्षलाई निकुञ्नमा परिणत गर्न माग

कोशी टप्पु वन्यजन्तु आरक्षले स्थानीयलाइ सास्तीमा मात्र दिएको भन्दै सुनसरीका मध्यवर्ती क्षेत्रका स्थानियले आरक्षलाइनिकुञ्जमा परिणत गर्नु पर्ने माग गर्न थालेका छन् ।
पूर्वी नेपालको गौरवको रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाइ मध्यवर्ती क्षेत्रका वासिन्दाले निकुञ्जमा परिणत गर्नुपर्ने माग गरेका हुन् ।
कोशीटप्पु प्रदेश एक र दुइको सीमामा पर्ने आकर्षक पर्यटक क्षेत्रको रुपमा रहेको छ । आरक्षको भएकै कारण स्थानियले सोचे जस्तो लाभ लिन नसकेका कारण आरक्षलाइ निकुञ्ज वनाउनु पर्ने प्रदेश एकका उधोग
वातावरण तथापर्यटन मन्त्री जगदिस कुसयतले बताउनु भएको छ ।
आरक्षवाट निस्कने जंगली जनावरले वार्षिक सैयौं ब्यक्तिको घरबार बिहिन बनाउदै आएको छ । ं आरक्षलाई सुरक्षा र पर्यटकीय हिसाबले निकुञ्जमा परिणत गर्नुपर्ने भएपनि आरक्षमा सरक्षिंत जनावरलाइ विषेश सरक्षंणको आवश्यकत्ता रहेकोले तत्काल केही भन्न नसकिने कोशी टप्पु वन्यजन्तु आरक्षका सरक्षंण अधिकृत चन्द्र शेखर चौधरीले बताउनु भएको छ ।
आरक्षमा अर्ना,विभिन्न प्रजातिको चरा,अजिंगर सर्पलगायत निकै दुर्लभ प्रजातीको वन्यजन्तु सरंक्षण गरेको आरक्षलाइ निकुञ्जमा परिणत गरेर देश विदेशको पर्यटक भित्रयाएर आम्दानी लिन सकिने स्थानियले आशा व्यत्त गरेका छन ।

तपाईको प्रतिक्रिया