धरान रन आगामी फागुनको पहिलो सातामा हुने

धरान रन समुहले प्रत्येक वर्ष आयोजना गदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ ।
‘स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९’ नारासहित शिक्षामा सहयोग गर्ने उद्देश्यले आगामी फागुन ८ गते दौड प्रतियोगिता हुने भएको हो । नेपालको सबै भन्दा बढी सहभागी हुने दौड प्रतियोगिता यस पटक कोभिड १९ का
कारण १ सय जना धावक धाविकाहरुलाई प्रतिस्पर्धा गराइने समुहका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएको र महिलातर्फ ५० किलोमिटर
रेकर्ड अवधि भएकाले मात्र प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् भने चौथो र पा“चौं स्थान हुनेलाई पनि पुरस्कारको व्यावस्था गरिएको छ । नेपालसहित विभिन्न देशका गरी गत वर्ष ३ हजार बढी सहभागी हुने गरेको थियो ।

तपाईको प्रतिक्रिया