प्रथम खुल्ला फुटसल प्रतियोगिता

धरान÷ यही पुस २३ अर्थात आज र २४ गते भोलि प्रथम खुल्ला फुटसल प्रतियोगिता हुदैछ । यसको प्रचारको लागि आयोजित मैत्रीपुर्ण खेलमा नेपाल फोटो पत्रकार महासंघ सुनसरी विजयी भएको छ ।
धरान १० स्थित धरान फुटसलमा सोमबार भएको मैत्रीपुर्ण खेलमा फोटो पत्रकार टिमले आयोजक धरान १३ स्थित संजीवनी पुर्नस्थापना केन्द्रको टिमलाई १७–१३ गोल अन्तरले हराउदै विजयी भएको हो । खेलको विजेता तथा उपविजेता टिमलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व राष्ट्रिय फुटवल खेलाडी इन्दु रसाइली र केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले पुरस्कार वितरण गरेका थिए । खेलको म्यान अफ द म्याच फोटो पत्रकार महासंघ, सुनसरीका अध्यक्ष तथा टिम क्याप्टेन विकास चाम्लिङ घोषित भएका थिए । उनलाई े मेडल प्रदान गरिएको थियो ।
दुई दिने फुटसल प्रतियोगितामा प्रदेश १ र काठमाण्डौको एक टिम सहित ३२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरले पनि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया