धरान÷प्रदेश १ बास्केटवल खेलाडि प्रदिप गुरुङ्गको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ ।
पुस १५ गते अस्पताल भर्ना भएको गुरुङ्गको आज आइतवार दुई घण्टा लामो मेजर शल्यक्रिया भएको थियो । प्रतिष्ठानका अर्थोस्कोपिक सर्जन प्रा.डा. विष्णु पोर्खेलले उनको शल्यक्रिया गरेका थिए । पुर्ण रुपमा च्यातिएको एसिएल ( एन्टिरियर व्रmुशियट लिगामेन्ट )उनकै ह्यामिस्ट्रीङ्ग ग्राप्mट झिकेर एसियल रिकन्सट्रक्सन गर्नुका साथै वाहिर पटिको केहि भाग च्यातिएको ल्याटेरियल मिनिस्कस काटेर मिलाइएको प्रा. डा. पोर्खेलले जनाए । डा. पोखे्रलका अनुसार भोलि देखि नै गुरुङ्गको थेरापि सुरु गर्ने र थेरापि सफल भए व्यवसायीक रुपमा नै खेलमा फर्कन सक्नेछ । उनले करिव ६ महिना लामो थेरापि गर्न पर्ने हुन्छ ।
लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका प्रदेश १ बास्केटवल खेलाडि गुरुङ्गको विपि प्रतिष्ठानले निशुल्क उपचार गरिदिने भएका छन । उनको उपचारको क्रममा प्रतिष्ठानमा लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठानले निशुल्क गरिदिन लागेका हुन । राज्यलाइृ अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलाडिको महत्वपुर्ण भुमिका हुन्छन । उनीहरु राष्ट्रका गहना हुन । गुरुङ्गलाई सहयोग गरेर विपी प्रतिष्ठानले आप्mनो सामाजिक उत्तरदायित्व निभाएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा लाग्ने खर्च वाहेक शल्यक्रियामा लाग्ने समानको मुल्यमा समेत छुटका लागि पहल गर्ने लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा गुरुङ्ग घाइते भए पछि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले गुरुङ्गको उपचारको लागि अभियान चलाएका थिए । सहयोग संकलनको लागि पुष ८ गते धरान टिम र झापा टिम विच च्यारिटि मैत्रिपुर्ण बास्केटवल म्याच समेतको आयोजना गरिएको थियो । च्यारिटि वाट गुरुङ्गलाई करिव २ लाख ७० हजार रुपैया सहयोग प्राप्त भएको छ । गुरुङ्गको सम्पुर्ण उपचार धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको पहलमा भएको हो ।
