अनुत्तरदायी सरकारका कारण किसानहरु ठूलो मारमा

वर्तमान सरकार गठन हुँदा नेपाली जनताले ठूलो आशा र भरोसा गरेका थिए । बारम्बारको दुई वा दुई भन्दा बढी दल मिलेर बन्ने सरकारले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न नसकेको, काममा ढिलासुस्ती, जवाफेहीताको अभाव, श्रृंखलाबद्ध भ्रष्टाचार, हत्या, हिँसा, बलात्कार जस्ता दर्जनौ समस्याबाट वर्तमान सरकारबाट उन्मुक्ति चाहेका थिए ।
स्पष्ट वहुमत मात्र होइन स्थायी सरकारका लागि नेपाली जनताले वर्तमान नेकपाको सरकारलाई दुई तिहाई नै वहुमत दिए । भैसीलाई आफ्नै सिङ भारीे भनेझै वर्तमान सरकारलाई दुई तिहाई वहुमत यतिबेला भालुको कन्पट सावित भएको छ । सत्ताको र पदीय लुछाचुँडीमा जग हँसाउने गरी एक आपसमै भाले जुधाइ गर्न थालेपछि जन आकांक्षा माथि कुठाराघात भएको छ ।
यतिबेला किसानले गहुँलगायतका बाली लगाउने बेला भएको छ । तर सरकारले किसानकालागि आवश्यक पर्ने मल र विउको यवस्थापन गर्न सकेको छैन । यस भन्दा अगाडि धानको सिजनमा समेत किसानहरुले मल पाउन सकेनन् । सरकारले किसानलाइ सित्तैमा मल दिने पनि होइन तर उसले बाहिरबाट निर्यात गरेर बजारमा सर्वलुलभ गर्न सक्छ । धान रोप्दैदेखि किसानहरुले मलका लागि आवाज नउठाएका होइनन । मल ल्याउने बहानामा अरबौ रुपैया चलखेल भयो । मल आएन । यतिबेला गहुँ लगाउने सिजन छ तर मलको उस्तै हाहाकार छ । भारत लगायत अन्य देशले किसानलाई आवश्यक पर्ने मल, विउ, सिचाइको व्यवस्था अगाडि नै गरेको हुन्छ । जसले गर्दा किसानहरुे ढुक्क भएर उतपादनमा ध्यान दिन्छन् ।
तर नेपालको अवस्था सर्वथा भिन्न छ । धानको सिजनमा मल आयात गर्न नसकेकोे हाक्काहाक्की भन्ने सरकारले ढिलै भएपनि बंगलादेशसँग ५० हजार क्विन्टल मल पैचो माग्ने निर्णय ग¥यो ।
सरकार–सरकारका बीचमा वार्ता भएको नाटक समेत ग¥यो । बंगलादेशले ५० हजार क्विन्टल मल दिने भनेर प्रचार समेत ग¥यो । तर मल ल्याएन । किसानहरुले मल विनै उत्पादन गरे । अर्थात
सरकारको मुख हेरेनन् । बंगादेशले दिने भनेको मल अब नआउने पक्का भएको छ । आखिरी मलमा समेत नेपालको वर्तमान सरकारलाई नपत्याएको देखिन्छ । सरकरको हैसियत, कृषि क्षेत्रमा सरकारको लगानीबाट भलिभाँति परिचित यहाँका किसानले धेरै पटक मलकै विषयमा धोका खाइसकेकाले अब आवाज उठाउन पनि छोडेका छन् ।
सरकार न आफू समयमै मल ल्याएर किसानलाई प्रोत्साहन गर्छ न किसानले भारतबाट ल्याएको मललाई प्रवेश गर्न दिन्छ ।
तराइका २२ जिलका किसानहरु कुनै न कुनै रुपमा भारतबाटै मल ल्याएर प्रयोग गर्दैै आएका छन् । खाद्यान्नमा राष्ट्रलाई योगदान पु¥याउने कृषकले भरतबाट बोके।र साइकल प्रयोग गरेर ल्याएको एकदुई बोरा मल सीमा सुरक्षामा खटिएका प्रहरीहरुले तस्करीको सामान भन्दै प्रक्राउ गर्ने, दुःख दिने, नजराना लिने, धरकड गर्ने जस्ता बहादुरी देखाउने गर्छन् । सरकार निकाटका तस्करहरुले सीमाबाट हात्तीनै छिराए पनि आँखा चिम्लने प्रहरीले एक आद्य बोरा मल समातेर समाचारको पात्र बन्ने गरेको अवस्था विद्यमान रहेको छ । सरकारले आफूले दिन नसक्ने भएपछि किसानले आफै व्यवस्था गर्नुको विकल्प रहँदैन । पछिल्लो पटक धनुषाका किसानले भारतको सीमावर्ती बजारबाट ल्याएको मल त्यहाँका प्रमुख जिल अधिकारीको निर्देशनमा प्रहरीले धरपकड बन्द ग¥यो । त्यसको बदलामा किसानहरुले खुशियाली मात्र मनाएनन् आफ्नो उत्पादन समेत विगतको बर्षको तुलनामा बढाएका छन् । धनुषाकै जस्तो देशका अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले प्रइहरीलाई त्यस प्रकारको र्निेदशन दिने हो भ ने किसानले ठूलो राहतको सास फेर्ने थिए ।

तपाईको प्रतिक्रिया