धरान÷सबैप्रति उत्तिकै हार्दिकता, आत्मियता दर्शाउनु हुने धरानका अग्रज समाजसेवी एवम् प्रेरणापरक व्यक्तित्व हनुमानप्रसाद अग्रवालको निधन भएको छ ।
दर्जन भन्दा बढी सामाजिक तथा धार्मिक संघ संस्थामा आवद्ध अग्रवालको मंसिर १० गते ७३ बर्षको उमेरमा निधन भएको हो । विगत केही समयदेखि अस्वस्थ रहँर्दै आउनु भएका अग्रवाल धरान जेसिसका पूर्व अध्यक्ष, नेपाल जेसिसको पूर्व केन्द्रीय उपाध्यक्ष, रोटरी क्लब अफ धरान, नेपाल क्षयरोग निवारण संस्था सुनसरी, मारवाडी सेवा समितिका संस्थापक उपाध्यक्ष, चन्द्रकला प्रतिष्ठानका अध्यक्ष, अग्रसेन स्मृति भवन धरानका अध्यक्ष, सुनसरी उद्योग वाणिज्य संघ अर्थात तत्कालीन व्यापार प्रबन्ध समिति
धरानका कोषाध्यक्ष, नेपाल अग्रवाल सभाका महासचिव, रोटरी डिष्ट्रिक ३२९० का एसिस्टेन्ट गभर्नर जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका संस्थापक सदस्य, इस्कनका आजीवन सदस्य अग्रवालको निधनले एक कुशल समाजसेवी गुमाएको जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका अध्यक्ष डा.खालिद हुसैन हकले बताउनुभयो ।
डा. हुसैन भन्नुहुन्छ समाज सेवजामा उहाँको समर्पण भाव देखेर राष्ट्रले समेत उच्च कदर गर्दै वि.सं. २०४६ सालमा तत्कालीन श्री ५ को सरकारले दैवी प्रकोप उद्वार पदकले विभूषित गरेको थियो । त्रिुभवन विश्व विद्यालयबाट वि.कम सम्मको अध्यन गर्नुभएका अग्रवालले पारिवारिक दायित्व, समाज सेवा र व्यवसायलाई एकैसाथ अगाडि बढाउनु भएको थियो । स्वर्गीय अग्रवालका श्रीमति, चार छोरा र एक छोरी रहनु भएको छ ।
