झापामा राजावादीको वृहत -याली हुदै

विर्तामोड÷प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा मंसिर २० गते शनिवार राजसस्थाको पक्षमा वृहत ¥याली हुने भएको छ ।
राजसंस्था पुनर्वहालीको माग गदै राजधानी काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा राजसस्था समर्थक संघ, संगठनहरुले प्रदर्शन गर्दै आएका छन् । उनीहरुले प्रदर्शनमा राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, संघीयता खारेज गर भन्दै प्रदर्शन गर्दै आएका छन् ।
झापामा हुने ¥यालीमा सहभागी हुन सोमबार सैयौ युवाहरु स्वस्फूर्त रुपमा भेला भएर निर्णय गरेका थिए । नेपालका लागि नेपाली अभियानको व्यानरमा हुने ¥याली झापाको काँकडभिट्टाबाट शुरु भएर दमकमा आएर टुंगिने अभियानका झापा संयोजक महेन्द्र प्रसाईले धरान साप्ताहिकलाई बताउनुभयो ।

तपाईको प्रतिक्रिया