आफूले गरेका कबोल तथा जन अपेक्षा अनुरुप काम गर्ने हैसियत स्वलित हुँदै गएपछि सत्तासीन दल नेकपाको जुहारी छताछुल्ल भएको छ । समग्रमा भन्ने हो भने सत्तासीन नेकपा भित्रको जुहारी जसले जसरी व्याख्या गरे पनि त्यो लुट्न पाउने र लुट्नबाट बञ्चित भएका बीचको भिडन्त मात्र हो ।
पूर्व प्रधानमन्त्री एवम् स्व.गिरिजाप्रसाद कोइरालाले भनेका थिए, कम्युनिस्टहरुलाई कसैले फुटाउनु पर्दैन । उनीहरु आफै फुट्छन् । कोइरालाको उक्त भनाई अहिले आएर चरितार्थ भएको छ हुन त संयुक्त जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्व माओवादी र पूर्व एमाले कम्युनिस्ट नभएर अपराधी र लुटेराहरको एउटा डÏफा मात्र भएको बताउनु भएको थियो । सादा जीवन उच्च विचार र संघीयताका घोर विरोधी केसीले त्यसो भन्दा सत्तासीन नेकपाका तल्लो स्तरका कार्यकर्तादेखि माथिल्लो स्तरका नेताहरुले समेत कडा विरोध जनाएका थिए ।
राजसंस्था रहेको अवस्थामा पार्टीहरु फुट्दा सबैको एकोहोरो आरोप दरबारमा लाग्ने गर्दथ्यो । तर आज दरबार नहुँदा दलहरु फुट्ने क्रम रोकिएको छैन । आ–आफै भित्रको आरोप प्रत्यारोप रोकिएको छैन । आज यी सबै कसले गराइरहेको छ त ? किन दलभित्र अन्तरविरोध र कलह बढिरहेको छ ? जनताका आकांक्षाहरुको सम्बोधनमा जुट्नुपर्ने सरकार उल्टै जनताले उनीहरुलाई तल्लो स्तरका गाली गलौज र कलह सुन्नुपरेको छ । यो रोग सत्तासीन नेकपाभित्र मात्र नभएर सडक र सदन दुवैतिर हराएको नेपाली काँग्रेसभित्र समेत उस्तै रुपमा प्रकट भएको छ । सडक र सदन दुवैतिर उसले साख त गुमाएको छ भने आन्तरिक कलहले उसलाई नराम्रोसँग गाँजेको छ । चौधौ महाधिवेशनमा जुट्नुपर्ने, एकता प्रदर्शन गर्नुपर्ने अवस्थामा गुट उपगुट र विभिन्न खेमामा विभाजित काँग्रेसले चौधौ महाधिवेशन गर्न नसकेर समय अवधि धकेल्ने काम मात्र गर्दै आएको छ ।
सत्तासीन दल होस या सत्ता बाहिरका दल हुन् सबै असफल सावित भएपछि जनता विकल्पको खोजीमा जुट्न थालेका छन् ।
चरम बेरोजगारीबाट गुज्रेको युवा पुस्ता नै सडकको नेतृत्वमा देखा पर्नु वर्तमान राज्य व्यवस्थाप्रति वितृष्ण जाग्नु हो । दलीय नेतृत्वले कहिल्यै मनन गर्न सकेन कि युवा परिवर्तनका सम्वाहक हुन् । आज तिनै युवा सडकमा आएर राजसंस्था पुनस्र्थापनाको माग गर्दैछन् । यसलाई सत्तासीन होस् वा बाहिरका होस कसैले कम आक्नु दुर्भाग्य हो । बलियो राजसंस्था हिजो सडकमा ढुंगा हानेकै भरमा हँटाइएको थियो भने आज युवाहरु जसरी सडकमा आएका छन् र यी स्थिति कायम रहँदै गएमा स्थापनाको विकल्प रहँदैन । नेपालका मुख्य सहरहरुमा युवाहरुको उर्लदो भेलले तेस्रो जनआन्दोलनको छनक दिएको छ । काठमाण्डौ, वीरगञ्ज, बुटवल, विराटनगर, नेपालगञ्जमा ्राजसंस्थाको समर्थनमा देखिएको युवाहरुको स्वस्फूूर्त आकर्षण, उनीहरुले लगाएका वर्तमान सरकार विरुद्धका चर्का नाराले परिवर्तनको संकृेत दिन थालेको छ ।
गणतन्त्रको पुनस्र्थापनासँगै सामान्य आर्थिक हैसियत समेत नभएका दलका नेताहरु रातारात खरबपति भएका छन् । उद्योग धन्दाहरु चौपट भएका छन्, दातृ राष्ट्रहरुले निर्माण गरिदिएका उद्योग धन्दा कल कारखाना ध्वस्त बनाइएका छन्, कौडीको मूल्यमा बेच्ने काम भएको छ । भएका केही सस्थाहरुलाई आफन्त, आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाइएको छ । यतिमात्र नभएर महंगीले दैनिक रोजगारी गरेर खाने जमात बाँच्न नसक्ने अवस्थामा पुुगेका छन् । बलात्कारी हत्यारा, भ्रष्ट, माफियाहरुलाई उन्मुक्ति दिइएको छ । सत्ताको उन्मादमा जनतालाई गौण सम्झने भूल जसरी गरियो त्यसले चाँडै नै पथृक परिणाम दिने संकेतहरु देखिन थालेका छन् । यहाँ भन्नै पर्ने कुरा के पनि हो भने कम्युनिस्टहरु सत्तामा आएपछि थप जग हँसाउने र नागरिक चिढ्याउने काम गर्न पुगेका छन् । धार्मिक अस्थामाथिका प्रहार, पछिल्लो उदाहरण बन्न पुगेको छ । ९५ प्रतिशत हिन्दुहरुको बाहुल्यता रहेको देशलाई धर्म निरपेक्षाता घोषणा गरेदेखि नागरिकहरु भित्र भित्रै चिढिएका थिए । अब त्यसको रौद्ररुप सडकमा देखिन थालेको छ ।
