रेलमार्ग सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न सीमापार जनकपुर जयनगर–कुर्था रेलमार्ग सञ्चालनबारे दुवै देशका पदाधिकारीबीच भिडियो कन्फ्रेन्स

धरान÷भारत सरकारको सहयोगमा निर्माण भएको रेल्वे ट्रयाक र दुई वटा रेल केही दिन अगाडि नेपालले प्राप्त गरे तापनि नेपालसँग रेल्वे प्राविधिक नभएका कारण हाल सञ्चालनमा आउन नसकिरहेको अवस्थामा रेलमार्ग सहकार्य सम्बन्धी नेपाल–भारतको संयुक्त कार्यदलको चौथो बैठक मंसिर ४ गते भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको छ ।
भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले भारतीय टोलीको नेतृत्व गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले गर्नुभएको थियो ।
भिडियो कन्फ्रेन्समार्फत भएको उक्त बैठकमा भारत सरकारका तर्फबाट भारतीय रेल विभाग, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास, कोंकण रेलर्व तथा क्ष्ऋइल् का बरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो भने नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेलवे कम्पनीका महाप्रबन्धक लगायत नेपाल सरकार गृहमन्त्रालय एवम् परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संयुक्त कार्यदलको उक्त बैठकले जयनगर–विजलापुर,–बर्दीबास र बथनाहा–जोगबनी, विराटनगर, कटहरी बीचमा अघि बढिरहेका सीमा पार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको थियो । यात्रुवाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेका थिए ।
यस सम्बन्धमा नेपालस्थित भारतीय राजदूतावास काठमाण्डौले मंसिर ४ गते विज्ञप्ती प्रकाशित गरी भिडियो कन्फ्रेन्सका सम्बन्धमा जानकारी दिएको हो । प्रकाशित विज्ञप्तीमा भनिएको छ बैठकमा नेपाल रेवले कम्पनीले यात्रुवाहक रेल सेवालाई सुचारु गर्नका निम्ति आवश्यक पर्ने क्तबलमबचम इउभचबतष्लन एचयअभमगचभक ९क्म्ए० बारे पनि चर्चा गरिएको थियो । तत्कालीन ब्रिटिश इण्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई भारु ३८० करोड भन्दा बढी लागतमा भारत सरकारले ब्रोडगेजमा स्तरोन्नति गरेको हो । उक्त रेलवे लिंकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा म्भ्ःग् रेल सेट प्राप्त गरेको छ । हाल भारत सरकारले भारु २ सय करोडमा निर्माण गरिरहेको कुर्थादेखि विजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आपसी सहयोग तथा समन्वयबारे समेत छलफल गरेका थिए ।


भारु ३७४ करोड अनुदान सहयोग अन्तर्गत भारतको बथनाहा जोगबनी र नेपालको विराटनगरबीचको १३.५ किमीमा सञ्चालित अन्य अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तिब्र रुपमा काम अगाडि बढाउन दुवै पक्षले सहमति जनाएका छन् । रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तथा नेपालको आवश्यकता अनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्न सहमति जनाउनु भएको थियो । दुवै पक्षले रेलवे क्षेत्रको सहकार्यलाई सुदृढ पर्ने हेतुले आपसी सहयोगलाई निरन्तरता दिन सहमति समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया