श्रीमतिको हत्या गर्ने भण्डारी प्रक्राउ

दमक÷झापाको कमल गाउँ पालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । वैदेशिक रोजगारबाट केही समय अगाडि फर्किएका श्रीमान चुडामणि भण्डारीले श्रीमति टीकादेवी पौड्याल भण्डारीको हत्या गरेका हुन् ।
आइतबार कमल गाउँ पालिका वडा नं. ६ मा रहेको खेतको धान उठाउन टिकादेवी पौड्याल दमक २ का ३५ बर्षीय प्रकाशचन्द्र दाहाललाई लिएर पुगेकी थिइन् । वैदेशिक रोजगबारबाट फर्किएदेखि नै भण्डारी दम्पत्तिबीचमा खटपट शुरु भएको थियो । पतिले अर्कैसँग लागेको लाञ्छना लगाउदै आएका थिए ।
धान उठाउन सहयोगी लिएर पुगेकी श्रीमतिमाथि भण्डारीले एक्कासी खुकुरी प्रहार गरेका थिए । श्रीमति टीका पौड्याल भण्डारीको घट्ना स्थलमै मृत्यु भएको थियो भने सँगै सहयोगीका रुपमा गएका दमक २ का ३५ बर्षीय प्रकाशचन्द्र दाहालमाथि समेत खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् । घाइते दाहालको उपचारका लागि दमकस्थित एड्भान्स अस्पताल पठाइएको र खुकुरी प्रहार गर्ने भण्डारीलाई इलाका प्रहरी कार्याय दमकले प्रक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया