इटहरी÷विगत २० बर्षदेखि आफ्ना ग्राहकहरुको मन जित्न सफल गोरखा डिपार्टमेन्ट स्टोरले हालै सञ्चालनमा ल्याएको जापानिज ब्राण्डका विश्वस्तरीय प्रसाधनका सामाग्रीमा युवा युवतीहरुको मात्र नभएर बृद्ध बृद्धाहरुसम्मको भीड लाग्ने गरेको छ ।
पूर्वाञ्चलका ग्राहकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको जापानिज ब्राण्डका प्रशाधनका सामाग्रीहरु एउटै छानामुनी पाउँदा पारखीहरु दंग छन् । सेभेन लेभेन टाइपको मिनी सो गोरखा डिपार्टमेन्टले पूर्वाञ्चलमै पहिलो पटक
विराटनगरको सेन्ट्रल प्लाजाको ग्राउन्ड फ्लोरमा सञ्चालनमा ल्याएको हो ।
जापानिज प्रशाधनका सामाग्रीको नेपालमा मात्र नभएर विश्वव्यापी माग रहेको छ । जापानिज प्रशाधन सामाग्रीको पूर्वाञ्चलका आधिकारिक विक्रेता समेत रहेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको माग र रुचिलाई ध्यानमा राखेर प्रशाधन अर्थात सम्पूर्ण कस्मेटिक आइटम, गिÏट आइटम, किचन वेयर, इलेक्ट्रोनिक्स, अण्डरवेयर, सुविधायुक्त ब्रा, सÏटवेज लगायतका झण्डै १० हजार सामाग्री भएको मिनी सो सञ्चालनमा एक महिना अगाडि विराटनगरमा
उद्घाटन भएकोे हो । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुले जापानिज ब्राण्डका यस्ता सामानको सोधी खोजी गर्ने गरेका थिए । उनीहरुले त्यस्ता सामानहरुको माग गर्दै आएका थिए । यस्ता सामानको मात्र छुट्टै मिनी सो सञ्चालनमा ल्याउँदा उपयुक्त हुने सोचले हाल विराटनगरमा सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।
अत्यन्तै आकर्षक सम्पूर्ण सुविधायुक्त विराटनगर स्थित सेन्ट्रल प्लाजाको दुई हजार स्क्वायर फुटमा सञ्चालनमा ल्याइएको मिनी सो यतिबेला नेपालका मात्र नभएर भारतका ग्राहकहरुको समेत भीड लाग्ने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले जानकारी दिनुभयो । हाल प्रदेश न. १ को राजधानी विराटनगरमा सञ्चालनमा आएको मिनी सो राजधानी काठमाण्डौमा समेत नभएको गौतमले जानकारी दिनुभयो । मिनी सोका आफ्नै विशेषताहरु रहेका छन् । यसको सबैभन्दा ठूलो विशेषता भनेको इन्टरनेशनल बार कोड (International Barcod ) नै हो । जसको माध्यमबाट ग्राकहले छानेका समानहरुको मूल्य, क्वालिटी चेकसँगै सामानको स्क्यान गरेर अटोमेटिक विलिङ्ग गर्छ । जसले गर्दा ग्राहकहरु क्वालिटी र मूल्यमा ठगिने छैनन् । बारकोड सिस्टमबाट सामानको क्वालिटी चेक, प्राइसको निर्धारण गर्ने प्रणाली हालसम्म पूर्वाञ्चलमा कही पनि नभएको म्यानेजर गौतमको कथन छ । मिनी सोको अर्को प्रमुख विशेषता भनेको सोरुममा प्रवेश गरेका सम्पूर्ण ग्राहक सिसी क्यामेराको निगरानीमा रहने गर्छन् । मिनी सोबाट बाहिर निस्कदा गेटमा छुट्टै स्क्यानको व्यवस्था गरिएको छ । गेटमा जडान गरिएको स्क्यानरले कथंकदाचित सामानको विलिङ्ग नगरी बाहिर निस्कन खोजेमा त्यसले तुरुन्तै संकेत गर्छ । डिपार्टमेन्ट स्टोरले अत्याधुनिक मिनी सोसँगै थप रोजगारको अवसर समेत सिर्जना गरेको छ ।
पार्किङ स्थलको व्यवस्था

पूर्वाञ्चलमै पहिलो पटक डिपार्टमेन्ट स्टोरको अवधारणा ल्याएको गोरखा डिपार्टमेन्ट स्टोरले धरानमा सञ्चालनमा ल्याएको आÏनो पाँचौ शाखामा सुविधा सम्पन्न पार्किङ्ग स्थलको व्यवस्था गरेको छ ।
बढ्दो शहरीकरणसँगै पार्किङ्ग स्थलको अभाव खेप्दै आएका ग्राहकहरुले धरानस्थित डिपार्टमेन्ट स्टोरमा पुग्दा सुविधायुक्त अण्डरग्राउण्ड पार्किङ्ग स्थलमा आफनो सावरी साधन सुरक्षित साथ राख्न पाउँछन् । एकै पटक एक सय वटा कार र १२ सय भन्दा बढी मोटर साइकल पार्किङ्ग गर्न सकिने स्टोरको पार्किङ्ग स्थलकै कारण गोरखामा ग्राहकको चहल पहल दिन प्रतिदिन बढेको ग्राहकहरु स्वयम् बताउँछन् ।
धरान १३ का सुजन लिम्बु आÏनो सानो सवारी साधन लिएर सोमबार गोरखा डिपार्टमेन्ट स्टोर पुग्दा प्रसन्न देखिनुहुन्थ्यो । लामो समय विदेश बसेर फर्कनु भएका लिम्बुले धरानमा उपयुक्त पार्किङ्ग स्थलकै समस्या हुने उहाँले सुनाउनुभयो । तर
गोरखामा त्यस्तो कुनै समस्या दखिएन । बाहिरी ेशहरहरुमा झै गोरखामा पार्किङ्ग स्थलसँगै संसारका जुनसुकै सामान पाउनुले आफूलाई खुशी लागेको पनि बताउनुभयो । लिम्बुमात्र होइन धरान १९ का प्रदीप सुनुवारको कथन पनि त्यस्तै छ । साँघुरिदै गएको धरानका सडकहरुमा पार्किङ्ग गर्ने सोच नबनाए पनि हुन्छ । बढ्दो सवारी चापले गर्दा बाटो काट्न समेत हम्मे हम्मे पर्न थालेको अवस्थामा सडक किनारमा सवारी पार्किङ्ग त सम्भवै छैन । तर गोरखा डिपार्टमेन्ट स्टोरमा आउँदा पार्किङ्गको मात्र हैन सामान खरिदमा समेत कुनै द्विविधा रहँदैन । जुनसुकै प्रकारका सामानहरु समेत सुपथ मूल्यमा, बार्गेनिङ्गको झन्झट बिनै पाइनुले खुशीको कुरा हो, सुनुवारले भन्नुभयो ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
जाडो मौसमसंगै न्यानो कपडा लिनेको भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा शनिवार स–परिवार भेटिएकी धनकुटा पाख्रीबासकी सदिक्षा नेपाल जेब्रा क्रसिक व्यागमा ज्याकेट, स्विटर लगायतका न्याना कपडा मिलाएर राख्दै थिइन् । उनीसँगै आएका परिवारका अन्य सदस्य उनलाई सहयोग गरिरहेका थिए ।
त्यतिविघ्न कपडा खरिद गरेको देखेपछि यो पंक्तिकारलाई नसोधी चित्तै बुझेन । यतिका कपडा प्रयोगकै लागि खरिद गर्नुभएको हो या विक्रीको लागि ? प्रत्युत्तरमा उनले मुस्कुराउदै भनिन् आÏनै परिवारका लागि हो । शनिवार श्रीमानको समेत विदा भएकोले आफूलाई चाहिने आवश्यक सरसमान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला गोरखा डिपार्टमेन्ट स्टेरमा न्याना कपडा खरिद गर्नेहरुको अत्याधिक भीड बढेको छ ।
यसपटक जाडो केही ढिलो शुरु भएकोले मंसिर पौषमा न्याना कपडा खरिद गर्नेहरुको खासै भीड थिएन । तर केही दिन यता एक्कासी जाडो बढ्न थालेपछि न्याना कपडा खरिद गर्नेहरुको भीड बढेको गोरखा डिपार्टमेन्ट स्टोरका सुपर भाइजर खेम खत्रीको कथन छ । स्वदेशी तथा विदेशी ब्राण्डका आफूले चाहे बमोजिम रेडिमेट स्विटर, कोट, ज्याकेट, मोजा, टोपी लगायतका न्याना कपडाहरुका लागि नेपालबाट मात्र नभएर भारतका विभिन्न स्थानबाट समेत ग्राहकहरु आएको सपुरभाइजर खत्रीले भन्नुभयो । यसका अलवा डिपर्टमेन्ट स्टोरको पाँचौ तलामा समेत ग्राहकहरुको उस्तै भीड देखिन्छ । भर्खरै जन्मिएका बच्चादेखि १४ बर्ष उमेर समुहका नानीहरुका लगि चाहिने सम्पूर्ण कपडाहरु उक्त तलामा रहेकोले अभिभावकहरु उक्त तलामा भीड हुने गरेको छ । स्वदेशीँसगै खासगरी सिंगापुर, थाइल्याण्ड, हङकङ लगायतका मुलुकबाट आयात गरिएका नानीहरुको अत्यन्तै न्यानो र भुवादार कपडमा अभिभावहरु आकर्षित हुने गरेका छन् ।
गोरखा किचनमा पारिवारिक भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।
