राजसंस्था समर्थकलाई भौतिक कार्वाहीको चेतावनी

धरान÷वर्तमान राज्य व्यवस्थाले जनताका कुनै अपेक्षा पूरा गर्न नसकेपछि, भ्रष्टाचार, अनियमितता, बलात्कार, दण्डहीनताको कहालीलाग्दो अवस्था देखिएपछि आम सर्वसाधारण कुनै न कुनै रुपमा राजसंस्थाको आवश्यकता औल्याउँदै सडकमा आउन थालेपछि प्रदेश नं. २ मा राजसंस्था समर्थकहरुलाई सत्तापक्षीय जनता समाजवादी पार्र्टीले भौतिक कार्वाही गर्ने चेतावनी दिएको छ ।
राजसंस्थाका पक्षमा गतिविधि गरे भौतिक कार्वाहीको चेतावनी उक्त दलले प्रदेश नं. २ का जनतालाई दिएको हो । जसपाका प्रदेश न. २ का नेता धर्मेन्द्र साहले आइतबार राजा र राजसंस्थालाई कुनै प्रकारको समर्थन नगर्न उर्दी नै जारी गरेका छन् । उनले विगतमा
राजाको छोरोमात्र राजा हुने परम्परा थियो अहिले हामी सबै राजा भएका छौं, त्यसैले राजसंस्था फर्काउन जनताले साथ दिनु हुँदैन, साहले उर्दीमा भनेका छन् ।
विगत केही दिनदेखि प्रदेश नं. २ का राजविराज, सिराहा, जनकपुर, विरगञ्ज लगायतका स्थानमा राजसंस्था समर्थकहरुले ठूलो संख्यामा भेला भई वर्तमान राज्य व्यवस्थाको विरोध गर्दै राजसंस्था फर्काउन नाराबाजी गर्दै आएका छन् । लोकतन्त्र ल्याउन जनताले ठूलो बलिदान दिएकोले राजसंस्था फर्काउन जोकोही सल्बलाए त्यस्तालाई भौतिक कावाही गर्ने साहले चेतावनी दिएको जनपुरका अवधेश झाले बताए ।

तपाईको प्रतिक्रिया