यसपटकका वडादशैमा आफन्त तथा मान्यजनकहाँ टीक लगाउने सर्वसाधारण न्युन रहेका थिए ।
विगतका बर्षहरुमा विजयादशमीको दिन घरमा टिका लगाइसकेपछि आफन्त तथा मान्यजनकहा टिका लगाउनेहरु यात्रुवाहक बसहरुमा तछाडमछाड गरेर जाने गर्दथे । यस पटक भने कोरोना महाहारीका कारण अधिकांश सर्वसाधारणले घरमै बसेर दशै मनाएका कारण पनि भीड नभएको हो ।
यस बर्ष नेपालीहरुको महान चाड दशैको रौनकता विगतका बर्षहरुमा भन्दा घटेको थियो । विश्वमै आतंकित बनाएको कोरोना भाइरस (कोभिड १९) ले नेपाललाई समेत आक्रान्त बनाएपछि नेपाल सरकारले पनि आ आफ्नो घरमै बसेर दशै मनाउन आग्रह गरेसंगै लामो तथा छोटो सवारी साधन प्रयोग गरेर आफन्त तथा मान्यजनकहा टिका लगाउनेहरु फाट्टफुट्टमात्र बस पार्कमा देखिएका थिए ।
उदयपुरको गाइघाटबाट संखुवासभा आफन्तकोमा टिका लगाउन स परिवार हिड्नु भएका सुजन ओझाले विना भीडभाड, विना झन्झट सहज ढंगले सवारी साधनमा धरान आइपुगेको बताउनुभयो । संखुवासभाको खादबारी हिड्नु भएका उहाले सहज ढंगले नै घरसम्म पुग्ने बताउनुभयो ।
सुजनमात्र हैन अन्य यात्रुहरुले समेत यस्तै बताएका थिए । कोरोना भाइरसको त्रासका कारण विगतमा खचाखच हुने धरानबाट कोशी पहाडी क्षेत्र चल्ने यात्रुवाहक सवारी साधन, पुर्वपश्चिम चल्ने सवारी साधनमा यात्रुहरुको चहलपहल खासै देखिदैन्थ्यो । गन्तव्यसम्म पुग्नका लागि बसको सिट नपाइएला भनेर तछाडमछाड गर्ने सर्वसाधारण यसपटक आरामले सिटमा बस्न पाएका थिए ।
गत बर्षको तुलनामा २५ प्रतिशत भन्दा कम यात्रुले यात्रा गरेको कोशी राजमार्गका काउन्टर कर्मचारी जनक लिम्बु बताउनुहुन्छ । कोरोनाको त्रासकै कारण सबैले घर घरमा बसेर दशै मनाएका कारण यात्रुको चाप यसटक नभएको उहाँको भनाई छ ।
यात्रुको सुरक्षालाई मध्यनजर गरी भौतिक दूरी कायम गरेर ५० प्रतिशत यात्रुमात्र बोक्ने र ७५ प्रतिशत भाडा लिने सरकारी निर्देशन भएपनि दशैको बेलामा साविक भाडामै सर्वसाधारण बोकेको सवारी धनी एवम मजदुरहरुको भनाई छ । इतिहासमै यो बर्ष दशैको बेला यात्रुको चाप नभएको यातायात मजदुर प्रताप भट्टराई बताउनुहुन्छ । यस बर्ष सर्वसाधारणको सुविधालाई मध्यनजर गरी घाटा व्यहोरेर भएपनि सवारी साधन सञ्चालन गर्नुपरेको उहाँको भनाई थियो ।
कोरोना भाइरस संक्रमितको संख्या दैनिक वृद्धि हुदै जादा कारोनाकै कारण ज्यान गुमाउने समेत थपिन थालेपछि त्रासका कारण सर्वसाधारण सवारी साधन प्रयोग गरेर आफन्तकोमा टिका लगाउन नगएका हुन् । यस बर्ष
सुरक्षित भएर घरमै बसेर दशै मनाउनु उत्तम ठानेर उनीहरु हिडडुल नगरेका कारण पनि चहल पहल कम भएको हो । यसले गर्दा सवारी धनी तथा मजदुर सबैभन्दा बढी मारमा परेका छन् । लामो समयदेखि लकडाउनका कारण सवारी साधन चलाउन नपाइ बसेका उनीहरुले दशैको समयमा केही कमाइ गर्ने आशा बोकेका भएपनि कोरोनाका कारण सम्भव नभएको हो ।
