धरान÷लकडाउन तथा लगातारको बर्षाद्ले सब्जी पर्याप्त मात्रामा बजारसम्म नआइपुग्दा धरानमा सब्जीको भाउ हालसम्मकै उच्च रहेको छ ।
कोशी पहाडी क्षेत्रमा उत्पादन भएका सागसब्जी लकडाउनका कारण कृषकले समयमै मल विउ पाउन नसक्दा र कृषकले जसोतसो उब्जनी गरेको सब्जी बर्षाद्का कारण सडक अवरुद्ध हुदा बजारसम्म सहज रुपमा आउन नसक्दा अहिले सब्जीको भाउ आकासिएको हो ।
धनकुटा महाभारतका कृषक बेलेन्द्र राईले यसपटक लकडाउनका कारण मलविउको अभावमा पर्याप्त मात्रामा सब्जीजन्य वस्तु उत्पादन गर्न नसकेको बताउनुभयो । उहाले एकातिर पर्याप्त सब्जीजन्य सामाग्री गाउमा पर्याप्त नभएको र अर्कोतर्फ उत्पादन भएको सामाग्री लगातारको बर्षाले कृषि बाटो अवरुद्ध हुदा बजारसम्म ल्याउन नै मुस्किल हुने गरेको बताउनुभयो । गाउका अन्य कृषकको समेत साग सब्जी संकलन गरेर कृषिबजारसम्म ल्याउने गर्नुभएका उहाँले विगत बर्षहरुमा जति सहज रुपले ल्याएर बजार मूल्यअनुसार विक्री वितरण गर्नुृहुन्थ्यो यसपटक भने बर्षादका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध हुदा ढुवानीका साधन सहज रुपमा पुग्न नसक्दा समस्या भएको बताउनुभयो ।
त्यसो त बर्षेनी पहाडको सिजनमा सागसब्जी बोक्ने ठेक्का नै लिएका सवारी चालकले समेत यस बर्ष विगतको भन्दा अफ्ठ्यारो अवस्था भोग्नुपरेको बताएका छन् । उनीहरुले लगातारको लकडाउनले ढुवानी रुपमा सहज रुपमा सञ्चालन हुन नपाएको र पाएका ढुवानी सेवा समेत मुख्य राजमार्गदेखि भित्री ग्रामीण सडक बर्षाले अवरुद्ध हुदा जोखिम मोलेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए । कतिपय स्थानमा त उनीहरुले रकम सञ्चालन गरेर सडक मर्मत गर्ने गरेको समेत बताए ।
कृषकले मल विउ प्रयाप्त नपाएका कारण सोचेजस्तो उब्जनी गर्न नपाउनु र लकडाउन र बर्षाद्का कारण ढुवानीका साधन सहज रुपमा पुग्न नसक्नुले सब्जीको भाउ यो बर्ष अहिलेसम्मकै उच्च भएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । उहाले गतबर्ष धनकुटामा उत्पादन भएको आलु यही समयमा होलसेलमा प्रतिकेजी ६५ रुपैयामा पाउने आलु यस बर्ष ८५ रुपैया , गतबर्ष यही समयमा प्रतिकेजी ८० रुपैयामा पाउने लोकल गोलबेडा यस बर्ष ९५ रुपैया विक्री हुदै आएको बताउनुभयो । उहाले अन्य तरकारीजन्य सामाग्रीको मूल्य समेत आकसिएको बताउदै यो बजारमा सब्जीको भाउ अहिलेसम्मेै उच्च रहेको बताउनुभयो । यसको प्रमुख कारणमा कृषकले पर्याप्त सागसब्जी लगाउन नसक्नु र लगाएको सागसब्जी पनिबजारसम्म ल्याउन कठिन भएकै कारण यस बर्ष सब्जीको भाउ अत्याधिक बढेको बताउनुभयो ।
यो सिजनमा कृषिबजारमा बजारमा पूर्वी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संंखुवासभा, ताप्लेजुङ, संखुवासभा, भोजपुर लगायतबाट सब्जीजन्य सामाग्री आलु, गोलबेडा, काक्रा, गाजर, मुला, काउली, घिरौला, अकबरे खोर्सानी, लौका लगायतका सामाग्री आउने गरेका छन् । अर्थात विगतमा कृषिजन्य सामाग्री उत्पादनको ८० प्रतिशत उत्पादन अर्थात ८० मेट्रिकटन भित्रिने गरे पनि अहिले भने २५ देखि ३० मेट्रिक टनमात्र बजारमा भित्रिने गरेका कारण सागसब्जीको भाउ आकासिएको कृषिबजारले जनाएको छ । सहजवातावरण भएको अवस्थामा यो सिजनमा तराईबाट २० प्रतिशत सब्जी भित्रिने गरे पनि लगातारको बर्षादले कृषि क्षेत्र नै डुबान हँुदा तराईबाट उत्पादन भएका सामाग्री समेत कृषिबजारमा आउन नसकेको व्यवस्थापक भट्टराई बताउनुहुन्छ ।
