प्रेमिकाको कान टोकेर बिरालोको घाँटी छिनाल्ने पुरुष पक्राउ

आÏनो प्रेमिकाको कान टोकिदिएर चुँडालेको बनाएको र प्रेमिकाको
बिरालोको घाँटी छिनालेर हत्या गरेको अभियोगमा एकजना पुरुष पक्राउ
परेका छन् ।
घटना अमेरिकाको हो । मिनिसोटास्थित चास्काका ५१ वर्षे माइकल ट्रडिउलाई प्रहरीले पक्राउ
गरेको हो । त्यहाँस्थित एक अपार्टमेन्ट कम्प्लेक्समा घरेलु हिंसाको उजुरी
परेको आधारमा उद्वारका लागि पुगेको प्रहरी टोलीले रगताम्मे भएकी ४२ वर्षकी एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीसँगको कुराकानीमा पीडित महिलाले ट्रडिउसँग आÏनो दुइवर्ष देखि सम्बन्ध रहिआएको र पछिल्लोपटक भोट्का तानेर रसरंग गरिरहेको समयमा उत्पन्न विवादपछि आफुमाथि उसले आक्रमण गरेको बताइन् ।
झगडा चकिर्एपछि पुरुषले प्रेमिकालाई झापड हानेर भुइँमा लडाएको र मार्छु भन्दै मुखबाट छाता घुसाइदिन लागेको अनुसन्धानबाट खुलेको छ । तर आफुमाथि आक्रमण गर्ने प्रेमीको
प्रतिरोध गर्दै महिलाले औँला टोकिदिएपछि ट्रडउले उनको कान
खतरनाक तरिकाले टोकेर केही भाग चुँडाइदिएका थिए ।
उनको चुँडिएको कानको टक्रा डाक्टरहरुले समेत जोड्न सकेनन् । ती घाइते महिलाका अनुसार केही हप्ताअघि ट्रडिउले आÏनो बिरालोलाई पिटेर हत्या गरि कैँचीले टाउको छिनालिदिएका थिए ।
प्रेमिकाको कान टोकिदिने तथा बिरालो मार्ने अपराध गरेका ती पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गर्नुको साटो उल्टै पुलिसलाई नै गोली ठोक्ने धम्की दिएका थिए । उनीमाथि आक्रमण, आतंककारी धम्की तथा जनावरमाथि दुव्र्यवहारको अभियोगमा मद्धा चलाइएको छ । स्मरण रहोस् यसअघि आÏनै श्रीमती कुटेको अभियोगमा उनले २ वर्षको जेल सजाय पाएका थिए भने सन् २००६ मा कुकुरको छाउरो
मारेको अभियोगमा सजाय पाएका
थिए ।

तपाईको प्रतिक्रिया