धरान÷राष्ट्र कवि माधवप्रसाद घिमिरेको भाद्र २ गते भएको निधनप्रति नेपाली लेखक संघ सुनसरीले गहिरो दुःख व्यक्त गरेको छ ।
भाद्र ४ गते नेपाली लेखक संघ सुनसरी धरानले एक शोक वक्तव्य प्रकाशित गरी राष्ट्रकवि घिमिरेको अवसानबाट नेपाली साहित्य जगतलाई अपूरणीय क्षति भएको जनाएको छ । शोक वक्तव्यमा भनिएको छ कवि
शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटक सम्राट बालकृष्ण समकासमेत समकालीन घिमिरे परिस्कारवादी साहित्यकार भएको जनाइएको छ ।
वि.स. १९९२ सालमा उहाँले ज्ञानपुष्प भन्ने कविता लेखी गोरखापत्रमा प्रकाशित गराउनु भएको थियो । त्यसपछि निरन्तर साहित्य साधना गरिरहनु भएका राष्ट्रकविले ऋतम्मरा नामक महाकाव्य लेख्नु भएको थियो । उहाँका घामपानी
(बाल कविता), नया नेपाल (खण्ड काव्य), गौरी (शोक काव्य), पापिनी आमा (खण्ड काव्य), राजेश्वरी (खण्डकाव्य), सकुन्तला (नाटक), राष्ट्र निर्माता (खण्ड काव्य), धर्ति माता (काव्य), मालती मंगले (गीति नाटक), किन्नर किन्नरी (कविता संग्रह), बालकुमारी (काव्य), विष कन्या (गीति नाटक), अस्वस्थामा (गीति नाटक), देउकी (गीति नाटक), सुनपङ्गखी चरी (बालसाहित्य), गौथली र गजधम्मे (काव्य), इन्द्रकुमारी (काव्य), बोराको पर्दा, आफनै बाँसुरी, आफ्नै गीत
(निवन्ध संग्रह), वालालहरि आदि कृतिहरु प्रकाशित छन् ।
स्वर्गीय राष्ट्र कवि घिमिरेका असंख्यौ राष्ट्रवादी गीतहरु सञ्चारमाध्यमबाट प्रसारण भएको देखिन्छ । उहाँले गोरखापत्र, इन्द्रेणी, कविता आदिको सम्पादन गर्ने अवसर पनि पाउनु भएको थियो । स्व. घिमिरे नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत हुनु भएको थियो । उहाँले त्रिभुवन प्रज्ञा पुरस्कार, एकेडेमी विशिष्ट पदक, भानु पुरस्कार, शुभराज्यभिषेक पदक, गोरखा दक्षिण वाहु, सीताराम प्रज्ञा पुरस्कार, भुपालमान सिंह प्रज्ञा पुरस्कार, वसुन्धारा श्री पुरस्कार आदि पाउनु ुभएको थियो । शोक वक्तव्यमा नेपाली लेखक संघ सुनसरी धरानका तर्फबाट स्वर्गीय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै कविका कोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरिएको छ ।
राष्ट्रकवि माधव घिमिरेको विषयमा पूर्वका कवि साहित्यकारहरुको आ–आफ्नो धारणा
राष्ट्रकवि घिमिरेका बारेमा अहिलेका साहित्यकार, कवि तथा शुभचिन्तकहरुलेहरुले फरक फरक किसिमले विश्लेषण गर्ने गरेका छन् । धरानका दिग्गज साहित्यकार प्रा.डा. भीम खतिवडाले नेपाली साहित्को विकासका क्रममा आधुनिक कविता प्रारम्भ गर्ने कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मी प्रसाद देवकोटा दुवैको प्रतिनिधित्व तथा संयोजन भएर कवि माधव घिमिरे उदाएको विश्लेषण गर्नुहुन्छ । उहाले माधवप्रसाद घिमिरेलाई कवि शिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवैको आर्शीवाद, दुवैको अंश अर्थात दुवैको शिल्पपक्ष, प्रवृधिपक्ष जोडेर उदाउनु भएका राष्टू कवि घिमिरेलाई दुवैको उत्तराधिकारीको रुपमा विश्लेषण गर्नुहुन्छ ।
वि.सं. १९९२ सालमा पहिलो पटक गोरखापत्रमा कविता छाप्नुभएका राष्टूकवि घिमिरेले आफ्ना्े लेखन यात्रालाई निरन्तर दिएको पाइन्छ । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नया नेपाल (वि.सं. २०१३), किन्नर(किन्नरी (वि.सं. २०३३) जस्ता कवितासंग्रहले नेपाली आधुनिक कवितामा ठूलो योगदान दिएको प्रा.डा. घिमिरेको भनाई छ । उहाको सम्मानमा राज्यले देखाएको उद्धारतालाई भने खुलेर प्रशंसा
गर्नुहुन्छ ।
लामो समयदेखि पत्रकारिता पेशामा रहनु भएका र एक कार्यकाल नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष रही अहिले प्राध्यापन क्षेत्रमा रहेर समेत साहित्यलाई अंगाल्दै आउनुभएका राजेश विद्रोहीलेको विचार समेत प््राडा. भीम खतिवडासंग करिब करिब समानता पाउन सकिन्छ । विद्रा्ेहीले यस युगका महान नेपाली स्रष्टा घिमिरे स्वच्छन्दतावादी भावलाई परिस्कारवादी शैलीमा व्यक्त गर्ने स्रष्टाको रुपमा विश्लेषण गर्नुहुन्छ । नेपाली राष्टिूयताका प्रखर प्रवक्ता घिमिरेलाई नेपाली प्रकृति, नेपाली संस्कृतिलाई कवितामा वा गीतमा अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गर्ने कविको रुपमा विद्रोही लिनुहुन्छ । नेपाली राष्ट्रियतलाई उचाइमा पु¥याउनु हुने राष्ट्रकवि घिरिेको निधनसंगै एक युगको अन्त्य भएको बताउदै नेपाली राष्टिूयतामात्र हैन नेपाल िसाहित्यमा समेत अपूरणीय क्षति पुगेको उहा बताउनुहुन्छ ।
साहित्य तुरुन्तै चर्चामा आउने विषय नभएको र यो साधना गर्ने विषय भएकोले राष्टूकवि घिमिरेबाट अहिलेका कवि तथा साहित्यकँरहरुले सिक्नुपेर्ने धारणा उहा राख्नुहुन्छ ।राष्ट्र कवि घिमिरेको राष्टूप्रतिको सम्मानका विषयमा भने विद्रोहीले प्रा.डा. खतिवडाको भन्दा केही परक मत राख्नुभएको छ । विद्रोहीले राज्यले साहित्यलई उत्पादक ठान्ने गरेको बताउनुहुदै स्रष्टाहरुलाई राज्यले जति सम्मान दिनुपर्ने हो त्यो प्रर्याप्त हुने नगरेको बताउनभयो । उहाले अब सरकारले राष्ट्रकवि घिमिरेको सम्मानमा उहाको नाममा सरकारले पुरस्कारको व्यवस्था गर्ने, उहाको सामाग्रीलाई संकलन गरेर संंग्राहालयको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
