धरान÷ चौधरी ग्रुपअन्तर्गत रहेको ‘चौधरी फाउण्डेशन’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पताललाई पोर्टेबल भेन्टिलेटर प्रदान गरेको छ ।
एक कार्यक्रम गरी चौधरी ग्रुपअन्तर्गत फाउण्डेसनका बरिष्ठ प्रबन्धक रामजी कट्वालको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानका सहायक अस्पताल निर्देशकप्रा.डा. दिलीप ठाकुरलाई भेन्टिलेटर प्रदान गरेको हो ।
कोरोना संक्रमितहरुको उपचारको लागि भनेर प्रतिष्ठानमा १५ बेडको आइसियु सहित ९ वटा भेण्टिलेटरको सुविधा रहेको छ । अहिले चौधरी फाउण्डेशनले एक थान पोर्टेबल भेण्टिलेटर हस्तान्तरण गरेपछि १० वटा भेण्टिलेटर पुगेको छ ।
फाउण्डेशनका बरिष्ठ बजार प्रबन्धक रामजी कट्वालले कोरोना संक्रमितको उपचारको सहजताको लागि भेण्टिलेटर प्रदान गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानमा कोरोना संक्रमितलाई उपचार गर्ने जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त रहेको भए पनिउपकरण अभाव देखिएको भन्दै सहयोग गरेको बताउनुभयो ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक प्रा.डा. दिलिप ठाकुरले यस्तो महामारीमा समयमा यो सहयोगले कोरोना संक्रमित विरामीलाई उपचारमा सहज हुने बताउनुभयो । उहाँले गम्भिर प्रकृतिका बिरामीलाई उपचार गर्न अनिवार्य भेण्टिलेटर आवश्यक हुने भएको भन्दै मानविय कार्यको लागी सिजि ग्रुपलाई धन्यवाद दिनुभयो ।
फाउण्डेशनले यस अघि पनि प्रतिष्ठानलाई पिपिइ लगायत कोरोनाको उपचारमा आवश्यक सामाग्री सहयोग गरी सकेको थियो । फाउण्डेशनले विपि प्रतिष्ठान बाहेक देश भरी रहेका विभिन्न ८ कोरोना अस्पताललाई भेण्टिलेटर प्रदान गरेको छ । फाउण्डेशनले शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । देशभरका अस्पतालहरूलाई वितरण गर्ने क्रममा बीपी र कोशी अस्पताललाई प्रदान गरिएको हो ।
