माकुने झसंग
स्वास्नीले भकुरेको लोग्ने मान्छे आइमाइको चुरा बजेको सुन्दा पनि झसँग भएर तर्सिन्छ रे । यतिबेला नेकपाका पुतली जुँगे माकुने चुरा बजेको सुने झै झस्कन थाल्या छन् रे । विना पिँधका लोटा नाम मात्रका प्रचण्डाउ साथमा लिएर पर्धानमन्तरी खप्रओ हँटाउ अभियानमा लागेका माकुने झसँग किन नहुन त ? त्यत्रो तानावाना बुनेर खप्रओको पछाडि हात धुुएर लागेका माकुनेलाई उल्टै प्रचण्डाउले डल्लो बनाइ दिएछन् । पहिला पहिला खप्रओले पर्धानमन्तरी र पार्टी अध्येक्ष दुवै पदबाट राजीनामा दिनुपर्छ भनेर माकुन्याउको लोलीमा बोली मिलाए । अस्तिका दिन त खप्रओले दुवै पदबाट राजीनामा दिनु पर्दैन भनेर घोषनै गरे । त्यत्रा दिनदेखि गरेको मेहनत प्रचण्डाउले एकै क्षणमा भताभुंग बनाइदिए । प्रचण्डाउले लामो समय न कसैलाई साथम राख्छन् न थुतुनोको बोलीमै भरोसा छ । जाबो यति कुरा त माकुन्याउले बुझ्नुपर्ने थियो । पानी बारबारको अवस्थामा खप्रओबाट टाढिएका प्रचण्डाउलाई खप्रओले के बुटी सुँघाइदिए कुन्नि । विचरा माकुने हे¥या हे¥यै ।
सरकारी गाडी र एम्बुलेन्स
यतिबेला सरकारी गाडी र एम्बुलेन्सहरुले गतिलै काम पाएका छन् । मान्छे सरकारी होस् कि नहोस्, विरामी परेको होस् कि सद्धे होस् , एलिट माने सम्भ्रान्त वर्गको यतिबेला नेपालमा जाइ नै चलेको छ । सरकारले देशैभरि लकडाउन, निधेष भनेर घोषणा ग¥या छ । निम्न वर्ग, मध्यम वर्गका मन्छेहरुलाई घरभित्र थुन्देको छ । तर एलिटहरुलाई चाहिँ ओसार पसार गर्न घुमघाम गर्न सरकारी गाडी एम्बुलेन्सहरु प्रयोग भएका छन् । घण्टाघरलाई पहिलादेखि नै शंका लाग्या थियो हिजो आज सरकारी कार्यालय नखुले नि गाडीचाहिँ ग्वारग्वार्ती दौडिएका छन्, हस्पिटलहरु बन्द भएपनि एम्बुलेन्सहरु हाइ कि हाइ हुइकिएका छन् । कुरो बुझ्दै जाँदा त गाँठे धन्दा त अर्कै रहेछ ।
सरकार भनेकै एलिट वर्ग, माफिया, भ्रष्टहरुको हो भन्ने कुरा घण्टाघरले कस्तो हेक्का नराख्या होला ।
१३ अर्ब ३६ करोड स्वाहा
भारुमा एउटा उखान छ भगवान चहेतो छप्पर फाडकर देखा है । हो रै’छ गाँठे । यतिबेला नेपालका शासकहरुलाई भगवानले छप्पड फोडेरै दिएका छन् । दिनलाई केही न केही बहाना त चाहियो । कोरोना हुल्देर १३ अर्ब ३६ करोड ग्वाम पार्ने सुनौलो मौका शासकहरुलाई प्राप्त भएछ । गोडापाँचेक महिनामा नाम्ले लागेर हिरिक्क भएका शासकहरु हेर्दा हेर्दै काठमाण्डौका मानव मलका मूला झै स्वाँठिएर आएका छन् । मुजा परेका गाला पोटिला भएका छन्, पेट डम्म सुन्निएको छ । तिलस्मी जादुले भव्य महल खडा भएको छ । वाह कोरोना हाम्रा शासककहरुलाई फलिफाप भएरै अवतरण गरिछस् ।
वित्थामा किन रा“डे रुवाई
नेपालीहरुको बुद्धि पिँधमा हुन्छ पछाडिबाट जोर लात्ती बजाएपछि चेत खुल्छ भन्थे हो कि क्या हो ? अब हेरम न लकडाउनले बन्द व्यापार चौपट्ट भयो, रोजगारी गुम्यो, खान लगाउन धौ धौ भैसक्यो भनेर एकथरि गलगाँडाहरुले
कुरो गरेको सुन्दा घण्टाघरको कन्सिरी त्यसै त्यसै रनक्क भएर आउँछ । पिँधमा बुद्धि भएपछि के लाग्छ ? हाम्रा पर्धानमन्तरी खप्रओले भनेका कुराको हेक्का राख्नु पर्दैन ? उति साह«ो हाम्रा पर्धानमन्तरीले भन्दिसक्या छन् पैसा कमाउने भए मात्र काम गर्नु । खानकै लागि दुःख गर्नु पर्दैन । नेकपालाई फोन गर्नुस् घर घरमा चामल आउँछ । पीर गर्नुपर्र्दैन । टन्न खानुस् र सुत्नुस भनेर हाम्रा पर्धानन्तरीले पटक पटक भाषनमा भन्ने गरेका छन् । गोरुको बुद्धि नभएपछि जोतिन्छ । खाली विलौना गरेर त भएन नि । बरु घरमा अन्नपात सिद्धिएको छ भने भटाभट नेकपालाई फोन गर्नु नि ।
झण्डा जलाएको रोइलो
नेपालमा एकजना प्रतिभाशाली नव गायकले नेपालको झण्डा जलाएर भिज्यूअल बनाएछन् । तर त्यसले यतिबेला गुइँठे भातमाराहरुलाई ऊर्जा थप्दिएको छ । भातमाराहरु उधुमका राष्ट्रवादी भएर देखा परेका छन् । सामाजिक सञ्जालमा तिनको मच्चाई हेर्दा ती भन्दा ठूलो राष्ट्रवादी यो देशाँ पाउनै गाह«े पर्ने देखिन्छ । तिन्ले किन त्यति साह«ो रोइलो ग¥या होलान् ? कथाले जे माग्यो गायकले त्यही गरे । कथाले नमाग्या भए तिन्ले त्यसो गर्ने नै थिएनन् । बुझ न सुझ एकोहोरो मच्चिएको छ मच्चिएको छ । देशका पर्धानमन्तरीले जन्म दिनमा नेपालको नक्साको केक बनाएर भकाभक चिरा पारेर हसुर्दा तिन्को टाउको दुखेन । सिके प्रसाई देशलाई तथानाम आमा चकारी गाली गर्दा भातमाराहरु कहाँँ सुतेका थिए ? कहाँ लम्पसार प¥या थिए । अब अहिले एउटा झण्डा जलाउँदा छाती ठोकी ठोकी किन रमिता देखाएका होलान ?
झिंगापुर बनाउने भए
बुद्धि भुटिएकाहरुले सडकमा उफ्रिएर, तोडफोड गरेर, टायरमा अग्नी दाह गरेर गणतन्त्र ल्याएपछि राजनैतिक माफियाहरुले नेपाललाई स्विरल्यण्ड बनाउँछम भनेर कम्ता डिंग हाक्या थिएनन् । कसैले सिगापुर बनाउँछम भने, कसैले के बनाउँछम भने । भाषन ठोकेरै गणतन्त्रे सत्तामा उक्लिए । तर गणतन्त्रे सत्तामा अपानवायु छाडेर बस्नेहरु यतिबेला कोरोना भाइरसको नाममा जन्ता लुट्न ज्यान फालेर लाग्या छन् ।
क्वारेन्टाइनमा बस्यासँग पनि दलाली गरेकै छ, पिसिआर गर्दा नि दलाली गरेकै छ, आइसोलेनमा थन्किएकासँग पनि दलाली गरेकै छ । विदेशमा अलपत्र परेकाहरुलाई स्वदेश ल्याउने मामलामा पनि दलाली गरेकै छ । यिन्ले दलाली नगरकोे छ ठाउँ नै भेटिन छाड्यो । भुटान जस्ता देशले आफ्ना जन्ताका लागि क्वारेन्टाइन, पिसिआर सबै निःशुल्क ग¥या छ । गणतन्त्रको चास्नी खानेहरुले देशलाई सिंगापुर, स्वीजरल्याण्ड बनाउुछु भन्ने भुटान जतिको पनि बनाउन नसकी झिंगापुर पो बनाउने भए । थुइँक्क दुई तिहाइको यमराज सरकार †
लांग्रेसको अधिवेशन
फागुनमा गर्ने भनेको लाँग्रेसको १४ औं अधिवेशन गोलखाँडी होला जस्तो छ । अहिलेसम्म क्रियाशील सदस्यता वितरणको कुनै चाँजो पाँजो मिल्न सक्या छैन । कोरोनाले सबैलाई घेरैमा थच्याइदिएको छ । नत्र यतिबेला जताततै लाँग्रेसको बजार लाग्थ्यो । काम चलाउ मुखिया वा मान्ने बुढानिलकण्डे स्यालबहादुर गमक्क परेर बस्या छन् । पदावधि लम्बिने भयो भनेर ती मख्ख प¥या रे । पद भनेसी चप्रासीको समेत नछोड्ने स्यालबहादुर यसपटक सभापतिबाट विदावारी हुने पक्का थियो । तिन्लाई आफनै हनुमान विमलेन्द्र निधिले नि साथ छोड्दै गा’थे । उता महाधिवेशन होला कि नहोला कोइराला परिवारका दुई चार जना पिप्साहरु सभापतिमा लड्ने भनेर खुट्टा उचालेर मच्चिदै थिए । तिन्को मच्चाई पनि थच्चाई होला जस्तो छ ।
अन्तेमा
हिजोआज विजुली झिपिक झिपिक जान थाल्या छ । कुलमानले सबै तारताम्य मिलाएकोे झिपिक झिपिक गर्न छाड्या थियो । किन राम्रो काम गरिस भनेर सरकार, विद्युतका माफिया, इन्भर्टर र जेनेरेटरका ल्यापाीहरुको कम्ता टाउको दुख्या थिएन कुलमान सँग । सबै मिलेर कुलमानलाई जोरलात्ती बजारेर हुत्याउन पाएमा सात पुस्तालाई खाने जोहो गर्न पाइने मनुवाहरुको भित्री खेल यतिबेला फाइनलमा पुग्या छ
रे । गणतन्त्रे शत्तिल केन्द्रहरुमा ब्रिफकेशका भारी बोकेर पुग्नेहरुको लर्को लाग्न थाल्या छ रे । कुलमानले गर्दा कैयौको उठिबास भा’छ रे । हुन त कुलमान पनि बुद्धि नभाकै हुन् । वित्थामा लोडसेडिङ हटाएर अरबौ रुपैया मुनाफा किन जोडिदिएका होलान् ? जस्तो आँगन त्यस्तै नाच्नु पर्दैन ? लंगडाको जमातमा जाँदा सद्धे भएपनि एउटा खुट्टा खोच्याएर वैसाखी टेक्नु पर्दैन ? बडो जान्ने भएर त्यत्रा विद्युत माफियाहरुको रोजीरोटी चैट्ट पारिदिएसी’ भलो हुने त कुरै भएन । कि कसो हौ ?
