उपभोक्ताहरुलाई आकर्षित गर्न बराह ज्वेलरी इण्डष्ट्रिज प्रांलि.मा चाइना संसारको सुभारम्भ

धरान/दुई दशक अगाडि साधारण गहना उद्योगबाट व्यवसायिक क्षेत्रमा देखापरेको धरान–५ स्थित रहेको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले शनिवारदेखि बराह चाइना संसारको सुभारम्भ गरेको छ ।
बराह सपिङ्गको दोस्रो तलामा सञ्चालनमा ल्याएको बराह चाइना संसारको एक औपचारिक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले उद्घाटन गर्नुभयो । सपिङ्गको दोस्रो तलामा चाइनामा उत्पादन गरिएका एक्सपोर्ट क्वालिटीका इलेक्ट्रोनिक्स, घर सवावटका सामान, किचेनमा प्रयोग हुने सामान, गिÏट आइटमहरु लगायत राखिएका छन् ।
सो अवसरमा बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालि र बराह चाइना संसारका सम्बन्धमा जानकारी दिादै इण्डष्ट्रिजका निर्देशक मानबहादुर विश्वकर्माले भन्नुभयो खासगरी धरान र आसपासका उपभोक्ताको पलायनलाई रोक्न बराह चाइना संसारको शुभारम्भ गरेका हौं । उहााले भन्नुभयो सबै तह र तप्काका उपभोक्ताको साथ सहयोगबाट बराह ज्वेलरी इण्डष्ट्रिज यहाासम्म आइपुगेको हो । धरान विस्तारै व्यापार व्यवसायबाट विमुख हुादै गएको र धरानका उपभोक्ताहरु अन्यत्र नै सामान खरिदका लागि गइरहेको अवस्थामा धरान महागो छैन है भन्नका लागि, उनीहरुका यही खरिदका लागि आकर्षिकत गर्न बराह चाइना संसार खोलेका हौं । उहााले प्रष्ट पार्नुभयो उपभोक्ताको हितलाई ध्यानमा राखेर चाइनाका उद्योगहरुमा उत्पादन हुने सामान हामीले सिधै खरिद गरी कन्टेनरमार्फत ल्याउने गरेका छौं । यसरी सामान सिधै ल्याउादा उपभोक्तालाई २५–३० प्रतिशतसम्म सस्तो पर्ने उहााको दाबी थियो । पहिला सामान ल्याउादा काठमाण्डौका थोक विक्रेताबाट ल्याउाथ्यौं, त्यसमा पनि विचौलिया हुन्थे अब सिधै ल्याउादा सामान उपभोक्तालाई सस्तो पर्छ, निर्देशक विश्कर्माले भन्नुभयो । उहााले थप्नुभयो बराह ज्वेलरी इण्डष्ट्रिजमा आज ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने बार्षिक राज्यलाई ३०–३५ लाख राजस्व बुझाउदै आएको छ ।
निर्देशक विश्वकर्माले भन्नुभयो, हामी आफू र आफ्ना परिवारमात्र बााच्नु पर्छ भन्ने मान्यताका विरुद्धमा छौं । हामीले आर्जन गरेको केही अंश अरुको हितमा पनि लगाउनुपर्छ भन्ने मान्यताले समेत काम गर्दै आएका छौं । एम्बुलेन्स, पर्यटकीय एवम् धार्मिक स्थलमा आकर्षक गेट, मूर्तिहरु स्थापित
गरेको बराह ज्वेलरी इण्डष्ट्रिजको
कारोबार आज ज्वेलरी, डिपार्टमेन्ट स्टोर, सहकारी, रेमिट्यान्स, खानेपानी ढुवानी, एसी तथा नन एसी सुविधासम्पन्न रात्री बसहरु, कृपा दश्य डिजिटल स्टुडियो सेवा लगायत रहेका छन् । डिपार्टमेन्ट
स्टोरले काठमाण्डौ, पोखरा, हङकङ, युकेबाट समेत उपभोक्ताहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको छ ।
उद्घाटन समारोहमा बोल्दै धरान उप महानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले भन्नुभयो निश्चित
दररेटमा उपभोक्ताको माग बमोजिम सामानहरु उपलब्ध गराउने जुन जमर्को बराह ज्वेलरी इण्डष्ट्रिजले गरेको छ त्यो अत्यन्तै प्रशंसनीय छ । यसबाट यहााका उपभोक्ताहरु पलायन भएर अन्यत्र जाादैनन् र धरानको व्यापार व्यवसाय बढ्न सक्छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.की अध्यक्ष विष्णुमाया लामिछानेको अध्यक्षतामा सम्पन्न समारोहमा उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघभ सुनसरीका अध्यक्ष केशव घिमिरे लगायतले पनि बोल्नु भएको थियो भने सञ्चालन अबइन्द्र निरौलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया