धरान/वि.सं. २०४६ सालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको धरान ९ स्थित रहेको विष्णु मेमोरियल उच्च माविले पच्चीस बर्ष पूरा गरेको उपलक्ष्यमा माघ १४ गतेदेखि आरम्भ गरेको रजत महोत्सव सोमबार एक भव्य समारोहका बीच सम्पन्न गरेको छ ।
रजत महोत्सव समापनको समुद्घाटन सुनसरी क्षेत्र नं. १ का संविधानसभाका सदस्य कृष्णकुमार
राईले गर्नुभएको थियो । वि.सं. २०४६ सालमा स्थापना भएपछि वि.सं. २०५६ सालदेखि निमावि, २०५९ सालदेखि मावि र २०६५ सालदेखि उच्च मावि तहसम्मको पढाई विष्णु उच्च माविमा हुदै आएको छ ।
प्रारम्भमा २५ जना विद्यार्थी लिएर पठन–पाठन आरम्भ गरेको विष्णु उच्च माविमा अहिले झण्डै १४ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका सञ्चालक एवम् प्रिन्सिपल वेनिन्द्र कटुवालले गुणस्तरीय शिक्षामा आफूहरुले कहिल्यै कोहीसाग सम्झौता नगरेको कारणले विद्यालय आज पूर्वाञ्चलमा सबैभन्दा उत्कृष्ट र नेपालमै ११ औं स्थानमा पर्न सफल भएको बताउनुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार गुणस्तरीय शिक्षामा मात्र विष्णु
मेमोरियल उच्च मावि ११ औं स्थानमा पर्न सफल भएको छ । वि.सं. २०६० सालदेखि एसएलसी परीक्षामा सहभागी हुादै आएको विद्यालयले हालसम्म विशिष्ट श्रेणी सहित उत्कृष्ट अर्थात सतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
यसैगरी २०६५ सालदेखि उच्च माविको अध्ययन अध्यापन आरम्भ गरेको विष्णुबाट प्रत्येक बर्ष ९५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउदै आएको छ ।
समापन समारोहमा प्रमुख अतिथि रहनु भएका सभासद कृष्णकुमार राईले धरान विगतदेखि नै पूर्वाञ्चलको शैक्षिक केन्द्रको रुपमा रहादै आएको बताउनुभयो । गुणस्तरीय शिक्षाकै लागि पूर्वी पहाड र तराइबाट धरान आउने क्रम धेरै बर्ष अगाडिदेखिनै चल्दै आएको हो । यसैमध्येको एउटा कडीको रुपमा विष्णु मेमोरियल उच्च माविलाई लिन सकिन्छ । विष्णुको २५ बर्षे इतिहास हेर्दा विद्यालयको शैक्षिक स्तर अत्यन्तै राम्रो रहेको छ । एसएलसीमा सतप्रतिशत नतिजा, उच्च मावितर्फ ९५ प्रतिशत भन्दा बढी नतिजाले नै विद्यालयको पठन–पाठनलाई मापन गर्छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर कटुवाल, प्रिन्सिपल वेनिन्द्र कटुवाल र सभासद राईले राजन महोत्स्व
स्मारिका विमोचन गर्नुभएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई सभासद राईले पुरस्कार वितरण गर्नुभएको थियो ।
समारोहमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक, प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु लगायतको उपस्थिति
रहेको थियो ।
