धरान÷प्रहरीले धरानमा लागू औषध नियन्त्रणका लागि अनेकौ उपाय अवलम्बन गर्दै आएतापनि कारोबारीहरुले नयाँ नयाँ आवरणमा लागू पदार्थ प्रयोगकर्तासम्म पु¥याउने गरेको पाइएको छ ।
मुलुकमा व्याप्त कोरोना भाइरसको संक्रमण बढेसँगै धरानमा शिथिल देखिएको लागू औषधको कारोबार र प्रयोगकर्ताहरुको संख्या पछिल्लो दिन बढ्न थालेको छ ।
धरान साप्ताहिकले प्राप्त गरेको प्रमाणले यही कुरा पुष्टि गरेको छ । प्रहरी भन्दा अपराधी एक कदम अगाडि भन्ने गरिन्छ । प्रहरीले अनेकौ उपाय अपनाउँदा पनि धरानमा लागू औषध नियन्त्रण हुन नसक्नु कारोबारी र प्रयोगकर्ताको नयाँ नयाँ शैली भएको एक पूर्व लागू पदार्थ प्रयोगकर्ता बताउँछन् ।
धरानका केही औषधि पसलेहरुले मात्र नभएर पान पसलेहरुले समेत लागू औषध गाँजा खैनीको प्याकमा विक्री वितरण गर्ने गरेका छन् । एक प्रयोगकर्ताले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भने राम्रो सूर्ति भएको खैनी पाउँ भन्नासाथ पान पसलेले गाँजा भरिएको खैनीको प्याक दिने गरेको छ । त्यसो त प्रयोगकर्तालाई कारेबारीले राम्रैसँग चिन्ने गरेकाले यो धन्दा धरानमा फस्टाउदै गएको र प्रहरी समेत बेखबर रहने
गरेको उनले बताए ।
