धरान÷धरान उपमहनगरपालिका वडा नं. १५ मा सोमबार पुन ः एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन दिन यता धरानमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १३ का एकजना युवामा कोरोना संक्रमण देखिएपछि उनी कार्यरत धरान ८ को प्रिति भल्भ उद्योगमा
कार्यरत धरान १५ बस्ने पुरुषमा समेत सोमबार कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा कोरोना संक्रमण देखिएको हो । ५० बर्षका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगर पालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
यस भन्दा अगाडि अर्थात आइतबार औद्योगिक क्षेत्रमै कार्यरत ५ जनामा, धरान वडानं १७ को एन्फा क्वारेन्टाइनमा बसेका ४ जना, धरान उपमहानगर पालिका वडा नं. ९ का एकजनामा कोरोना पुष्टि भएको थियो । धरानलाई सुरक्षित मान्दै आएका स्थानीयहरु यतिबेला एकै दिनमा १० जनासम्म संक्रमित बन्न थालेपछि त्रसित भएका छन् । खासगरी भारतबाट लुकिछिपी धरान आउने भारतीय तथा नेपाली नागरिक, मालवाहक सवारी साधनमा सुरक्षित साथ धरान आइपुग्नेहरुले धरानमा संक्रमणको जोखिम बढाएको स्थनीयहरुले आरोप लगाएका छन् ।
