धरान÷र्सद्को समयमा खोला किनारामा घर बनाउने सर्वसाधारण रातभर निदाउदैनन् । उर्लिएर आएको बाढीले घरबारमात्र हैन ज्यान नै लाने हो कि भन्ने पिरले अहिले धरानका सेउती तथा सर्दु खोलामा बस्ने सर्वसाधारण रातभरि नदिलाउने गरेका हुन् ।
केही दिनद्ेखि लगातार परेको बर्षाले सेउती र सर्दु खोलामो बाढी बढेसंगै विगतको जस्तै धनजनको क्षति नहोस् भनेर सुकुम्बासी बस्तीका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् ।
धरान १६ गणतन्त्र बस्तीमा तीनदेखि आएको बाढीले धनजनको क्षति पु¥याउन थालेपछि उनीहरु अहिले त्रासमा छन् । शनिवार साझ ४ बजे धरान १३ का भूपू सैनिक रामबहादुर बस्नेतलाई खोलाले बगाएर मृत्यु भने भयो सोही दिन त्यही वरपरका बस्तीमा रहेका सर्वसाधारणको १८ घरमा क्षति पु¥यायो । बाढीले उदण्ड मच्चाउन थालेदेखि नै आफूहरु रातभर सुत्न नसकेको गणतन्त्र बस्तीका स्थानीयहरु बताउछन् । उनीहरुले बर्षोदेखि बसोबास गर्दै आएका आफूहरुले खोलाको तटबन्द नियन्त्रण गर्न स्थानीय सरकारलाई गुहार्दा समेत वेवास्ता गरेको बताएका छन् ।
विगतमा समेत यो क्षेत्रका सर्वसाधारणले तटबन्दका लागि पटक पटक धरान उपमहा नगरपालिका धाए तर सामान्य तार जाली दिएर पठाउने बाहेक केही गरेन । जननिर्वाचित भएपछि अब दीर्घकालीन समस्या समाधान होला भन्ने विश्वास लिएका उनीहरु स्थानीय तहका जननिर्वाचितले समेत केही नगरेको गुनासो पोखे ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले बर्षेनी सेउती र सर्दुखोलाले बर्षादका समयमा कटान गर्दै धार परिवर्तन गर्दै लगेको बताउनुभयो । उहाले नगर विकासका नाममा अव्यस्थित ढलका कारण पानीको सतह बढ्दै जादा बर्षेनी जोखिम बढ्दै गएको बताउनुभयो । शुरुमा सानो खोला ढल व्यवस्थापन नगर्दा खोलाको रुपमा परिणत भएको बताउदै उहाले धरान उपमहानगरपालिकाले अझै वेवास्ता गरे अबको १० बर्षभित्रमा ६ हजार भन्दा घरमा ठूलो क्षति पुग्ने बताउनुभयो । तीनदिनदेखि आएको बर्षाले अहिलेसम्म १८ घरलाई क्षति पु¥याए पनि १० घरमा भने पूर्ण क्षति पु¥याएको बताउनुयो ।
उहाले अहिले तत्काल १ हजार घर परिवारलाई स्तान्तरण नगरे भोलिका दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो ।
यता स्थानीय जनप्रतिनिधिहरुले भने दीर्घकालीन समस्या समाधानका लागि ठूलो रकम खर्चिनुपर्ने भएकोले सम्बन्धित निकायलाई पहल नगरी यो सम्भव नहुने बताएका छन् । धरान उपमहानगरपालिका वडा नंं १६ का वडाअध्यक्ष दिलकुमार गिरीले सर्दुखोलाले बर्षेनी धरान १६ मा सुकुम्बासी बस्ती बगाउने गरेका कारण अल्कालीन भन्दा पनि दीर्घकालीन समस्या समाधान गर्नुृपर्ने आवश्यकता भएको बताउनुभयो ।
धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको संख्या सुकुम्बासीहरुले निकालेको तथ्यांकमा धरान उपमहानगरपालिकाभित्र ६४ वटा वस्तीमा १५ हजार सुकुम्बासी रहेका छन । स्थानीय सरकारले चासो नदिएपछि उनीहरु बस्तीबाट नै रकम उठाएर नियन्त्रणमा जुटेका छन् । अल्पकालीन भन्दा पनि दीर्घकालीन समस्या समाधानमा सरकार गम्भीर बस्न सरकारलाई सुकुम्बासीहरुले आग्रह समेत गरेका छन् ।
