कोशीले पु¥याउने क्षति न्यूनिकरणमा उच्च शर्तकता

सुनसरी÷बर्षादको समयमा बर्षेनी सप्तकोशीले पु¥याउने जनधनको क्षतिलाई मध्यनजर गरी स्थानीय तह तथा नेपाल सरकारका सम्बन्धित पक्षले शतर्कता अपनाउन थालेका छन् ।
बर्षादको समयमा कोशीको वहाव बढ्दै जादा यसले पु¥याउने क्षतिलाई मध्यनजर गरी पूर्व शर्तकता अपनाउन थालिएको हो ।
जब बर्षादको समय आउछ कोशी छेउमा बस्ने सर्वसाधारण रातभर निदाउदैनन् । २०३५ सालमा बराहक्षेत्र नगरपालिका राजाबासमा बसाइ
सराई गरेर आउनुभएका ७० बर्षीय अनिमर्दन राउत अहिले बर्षाद लागेसंगै कोशीको बहाव बढेपछि दिनमा भोक न रातमा निन्द्रा हुने गरेको बताउनुहुन्छ । बसाइसराइ गरी आएको १० बर्ष भित्रमा अलि अलि गर्दै ११ कट्टा जग्गा कोशीले कटान गरेको उहाले बताउनुभयो । कटान गरेको यतिका बर्ष वितिसक्दा पनि जति सरकार आए पनि पीडितले राहत नपाएको उहाको गुनासो छ । तर अहिले सबै पक्षले सतर्कता अपनाउन थालेपछि भने उहा केही ढुक्क रहेको बताउनुहुन्छ ।
सशस्त्र प्रहरी बल सुनसरीले सुनसरी जिल्लामा हुने बाढी तथा डुबानलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १३ सदस्य डिजास्टर म्यानेजमेन्ट टिम बनाएको छ । कोशीकाले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्न सशस्त्र प्रहरी सुरक्षा बेस चतरा, कुसाहा र विओपी हरिपुरलाई समेत २४ सै घण्टा तैनाथ राखी यो डिजास्टर टिमले भैपरि आएको खण्डमा तत्काल उद्धार गर्न डिजाष्टर टिम बनेको कमाण्डर सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज विष्ट बताउनुहुन्छ ।
त्यसो कोशीले छोएका वरपरका स्थानीय सरकारसमेत कोशीले पु¥याउने क्षतिलाई न्युनिकरण गर्न अनेकल प्रचारात्मक अभियानमा लागेका छन् । बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बाढी पहिरोका समयमा विभिन्न सचेतनात्मक अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाले कोशीले क्षति पु¥याइ हाले उद्धारका लागि खटिएका सम्बन्धित पक्ष, सशस्त्र प्रहरी, नेपाली सेनालगायतलाई तुरुन्त खबर काम आफूहरुले गर्ने गरेको उहाले बताउनुभयो ।
१२ बर्ष अगाडि अर्थात ०६५ भदौ २ गते कोशीको तटबन्ध फुट्दा सुनसरीको तत्कालीन पश्चिम कुसाहा, श्रीपुरजब्दी, हरिपुर गाविस पूर्ण रुपमा र लौकही गाविसमा आंशिक क्षति पु¥याएको थियो । दिउसो १ बजेर २६ मिनेट जादा फुटेको तटबन्दले ७ हजार ५ सय ६३ परिवार विस्थापित हुनुपरेको थियो । विस्थापितहरुले अझै राहत नपाइरहेको अवस्थामा फेरि त्यस्तो अवस्था नआओस् भनेर उच्च शतर्कता अपनाउन थालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया