युवाहरु लागू औषधको कुलतमा

धरान÷पछिल्लो समय युवा पुस्ता लागू औषध सेवनमा फसेको पाइएको छ । अधिकांश लागू औषध कारोबारी तथा सेवन गर्नेहरु युवा पुस्ता नै रहेको प्रहरीको तथ्यांकमा रहेको छ ।
यसैबीच खैरो हिरोइनसहित धरानमा तीन जना युवालाई धरान प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा धरान ८ धरान १८ का २६ बर्षीय प्रवल राई, धरान ८ का २४ बषर््ीय सविन रानामगर, सोही ठाउँका ३७ बर्षीय सुमेन राईलाइृ १ सय ५० मिलीग्राम खैरो हिरोइन सहित धरानको विभिन्न ठाउबाट प्रक्राउ गरेको हो ।
साझ साढे ५ बजे धरान ८ मा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले शंका गरी चेकजाच गर्ने क्रममा सो परिणाम बराबरको खैरो हिरोइनसहित प्रक्राउ गरेको थियो । सोधपुछका क्रममा प्रक्राउ परेका राईले आफूले सविन रानामगरको माध्यमबाट र सविन रानामगरले सुमेन मोक्तानको माध्यमबाट खरिद गरेको बताएपछि प्रहरीले तीनै जनालाई प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई लागू औषधको मुद्दामा थप अनुसन्धान गर्न आज सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया