इलाम÷नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत इलाम जिल्लाको बरबोटे गाउँपालिका स्थित निर्माण सम्पन्न भएको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय भवनको सोमबार भिडियो कन्फ्रेन्सबाट समुद्घाटन भएको छ ।
भारत सरकारको ३ करोड १३ लाख ३ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको सप्तमाई गुरुकुल संस्कृत विद्यालयको भिडियो कन्फ्रेन्स मार्फत भएको औपचारिक उद्घाटन कार्यक्रममा बारबोटे गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र भारतीय
राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सन २००९ मा बरबोेटे गाउँ पालिकाका स्थानीय बुद्धिजीवि, इलामका बौद्धिक जमात एवम् संस्कृतविद्हरुको अथक प्रयासमा स्थापना भएको विद्यालयको भवन कच्ची र जीर्ण रहेको थियो । सहज ढंगले पठन पाठन गर्न सक्ने अवस्था समेत रहेको थिएन । सन् २०१५ मा उक्त विद्याालय इलामका शिक्षाविद्हरुको प्रयासमा माध्यामिक तहको बनाइए तापनि भवनको अभाव भने खट्किरहेको थियो । विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई वैद्धिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा अध्यापन गराउनु विद्यालयको नवितम प्रयास हो । इलाम जिल्लसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुले अब नव निर्मित भवनबाट आवासीय सुविधा पाउने भएका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको चार तले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । भवनमा १० वटा कक्षा कोठा, आवासीय विद्यार्थीहरुका लागि ९ वटा सयन कक्ष, चार वटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तलामा छात्र र छात्राका लगि छुट्टाछुट्टै सरसफाइ कक्ष समेत रहेका छन् । जिल्ला समन्वय समिति इलामले उक्त परियोजनाको कार्यान्वयन गरेको हो । नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा नेपालस्थित भारतीय दुतावासले गरेको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्ने नेपाल सरकारको प्रयासलाई सार्थक बनाउर्नेै सहयोगीका रुपमा रहेको परियोजना अर्थात नेपाल भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय राजूतावासले खुशी व्यक्त गरेको छ ।
