धरान÷ विगत केही दिनदेखि सत्ता पक्षीय राजनीतिक दल नेकपामा देखिएको अन्तरंग संघर्ष मिलाउन नेपालस्थित चिनियाँ राजदुत होउ याङ्गछीले प्रत्यक्ष वा परोक्ष रुपमा देखाएको सक्रियतालाई राजनैतिक विश्लेषकहरुले नेपालको राजनीतिमा चिनियाँ चासो र हस्क्षेपको रुपमा लिएका छन् ।
२०७५ सालमा दुवै पार्टीको अर्थात पूर्व एमाले र पूर्व माओवादी एकताका लागि महत्वपूर्ण भूमिका खेलेको भनेर चर्चामा आएकी याङ्गछी यतिबेला पुन ः सक्रिय भएपछि राजनैतिक विश्लेषकहरुले यसलाई चासो र हस्तक्षेपका रुपमा लिएका हुन् ।
सत्तारुढ दलभित्रको आन्तरिक शक्ति सघर्ष नेकपा भित्रको आफ्नै मामला भएपनि याङ्गछीको सक्रियता शंकास्पद
रहेको विश्लेषकहरुको ठम्याई छ । हालसालै चिनियाँ राजदुत याङ्गछीले माधवकुमार नेपाल, प्रचण्ड लगायतकै निवासमा पुगेर भेटवार्ता गरेकी छन् । यस भन्दा अगाडि नेकपाभित्र सामान्य विवाद देखिँदा वैसाख १९ गते नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाएकी थिइन् । धरानका राजनैतिक विश्लेषक तथा वौद्धिक व्यक्तित्व प्रा.डा राजेन्द्र शर्मा (पोख्रेल) भन्नुहुन्छ एक पटक चिनियाँ विदेशमन्त्रीले भाषणका क्रममा चीनमै के भनेका थिए (सिजिङपिङकै अघिल्लो कार्यकालका) साह्रा संसारले नेपाललाई महत्वले हेर्दा रहेछन र साह«ा संसारले सहयोग गर्दा रहेछन । किनभने उनीहरु नेपालमा बसेर चीनको निगरानी गर्दा रहेछन् । त्यसैले हामी नेपाललाइ अब महत्व दिन्छौ भनेका थिए । यसको अर्थ के रहेछ भने संसारका अरु मुलुकले नेपालमा बसेर चीनको निगरानी
गरिरहेको, दलाई लामाको आउजाउ नेपालमा खुल्ला भइरहेको, नेपालले एक चीन नीति भनेर भने पनि तिब्बतका पुथकतावादीहरुलाई गुम्बाहरुमा आश्रय दिइरहेको कुरा चीनले पनि नजिकबाट नियाली रहेको रहेछ । त्यसैले चीनले नेपालको आन्तरिक राजनीतिमा विशेष चासो दिएको विदेशीहरु नेपालमा बसेर चीनको निगरानी गर्छन भन्ने आशंका भएर उसले चासो देखाएको हो । अहिलेकी चिनियाँ राजदुतले अरु पटकका अर्थात यसटक भन्दा अगाडिका राजदुत भन्दा पथक ढगले भेटघाट गरेको देखियो । उनले कम्युनिस्ट पार्टीका नेताहरुसँग मात्र नभएर काँग्रेसका नेताहरुको पनि घर घरमा गएर भेटेको खबरहरु आएका छन् । यो भनेको चीन विरोधी गतिवधि र चीन विरोधी देशहरुले नेपालमा बसेर चीनलाई निगरानी गर्ने कुरालाई न्युनिकरण गर्ने अभ्यास हो । जसरी हिजो हामी भारतले नेपालको माइक्रोम्यानेलमेन्टमा चासो दिन्छ भनेर भारतलाई मात्र गाली गथ्र्याै अब हाम्रो ढोका दोस्रोतिर पनि खुल्यो । नेपालको माइक्रो म्यानेजरमेन्टमा अहिले चीनले पनि चासो दिन थाल्यो । नेपालको राजनीति चीनबाट पनि प्रभावित भएको संकेत हो । साना साना इस्युमा चासो देखाउनु यसैको संकेत हो । जसरी हिजो दिल्ली दरबारलाई रिझाएर प्रधानमन्त्री हुइन्छ भनेर भनिन्थ्यो अब बेइजिङ्ग दरबारलाई पनि रिझाउने दिन आयो ।
