सलह नियन्त्रणमा योजना विहीन सरकार

बालीनाली सखाप पार्ने सलह नेपालका कैयौ जिल्लामा देखिन थालेको छ । सलह भित्रिएसँगै आम किसानहरु चिन्तित भएका छन् । सलहको नियन्त्रण नगर्ने हो भने कुनै पनि अन्नबाली किसानले भिœयाउन र बजारमा पु¥याउन सक्दैन ।
अन्नबालीकालागि सबैभन्दा हानिकारक सलह नियन्त्रणमा सरकार समयमै चनाखो र नियन्त्रणका उपाय अलम्बन गर्न नसक्दा यसले पु¥याउने क्षतिको कसैले आंकलन सम्म गर्न सक्दैनन ।आज सरकारको लापारबाहीका कारण कोरोना संक्रमण नेपालका लागि गलपासो भएको छ । संक्रमणबाट मर्नेहरु सरकारका लागि थपिने संख्या हो भने एकजना मृत्युले आश्रित परिवारमाथि कत्रो समस्या सिर्जना गर्छ भन्ने कुरा सरकारले बुझेको छैन । कोरोना नियन्त्रणका लागि सरकारले अरबौ रुपैया खर्चेको विवरण पेश गर्छ तर केमा खर्च भयो भन्ने कुरामा ऊ चुकेको छ ।
राज्यसँग नागरिकको एउटै अपेक्षा हुन्छ आपतको समयमा भरथेकको । यसैका लागि नागरिकले राज्यलाई प्रत्यक्ष वा परोक्ष रुपमा कर बुझाएका हुन्छन् । दुई जनालाई १४ दिन क्वारेन्टाइनमा राख्दा दुई करोड खर्च भएको विवरण पेश गर्छ जवकि क्वारेन्टाइनमा कुनै औषधि दिएको हुँदैन । औषधि हालसम्म पत्ता लागेको पनि छैन । खसी बाख्रालाई खोरमा हुल्दिएर छोडेझै अव्यवस्थित र मापदण्ड विपरीतका क्वारेन्टाइन, आइसोलेसनबाटै नेपालमा संक्रमण जोखिम झन झन बढ्दै गएको हो । अर्थात कोरोना संक्रमणमा सरकार पूर्ण रुपमा दोषी छ । विश्वमा अन्यत्र देखा पर्दाको अवस्थामा नागरिकलाई कडाइका साथ घरभित्र थुन्ने तर यहाँ संक्रमित बढदै जाँदा लकडाउन खुकुलो बनाउने कस्तो सरकार हो ? कोरोना संक्रमणका नाममा विश्व सामुदायबाट आर्थिक सहयोग लिने तर उक्त रकमबाट स्वास्थ्उ मन्त्रीको ओम्नीसँगको साँठगाँठमा औषधि, किट, पिपई, लगायतको खरिदका नाममा अरबौ घोटाला गर्ने काम भयो ।
अब सलहमा यही प्रवत्ति दोहोरिने भएको छ । शुरुवाति अवस्थादेखि नै सरकारले यसप्रति चासो देखाएर नियन्त्रणका उपाय अवलम्बन गरिदिएको भए सलह नेपाल प्रवेश गर्नै सक्दैनथ्यो । कोरोनाको नाममा स्वास्थ्य मन्त्रीदेखि लिएर दर्जनौ मेडिकल माफिया मोटाए भने अब सलहको नाममा कृषि मन्त्रालय र आवद्ध कार्यालयका दिन फर्किने भएको छ । आँची गरिसक्यो अनि दैलो देख्यो भन्ने आख्यान नेपालका वर्तमान शासकहरुमा लागू भएको छ । सलह कीरा नेपालमा प्रवेश गरेपछि मात्र सरकार नियन्त्रणका योजना बनाउन थालेको छ । एक महिना अगाडि भारतका विभिन्न राज्यमा सलह देखा पर्दा त्यसको प्रभाव नेपालमा पनि पर्छ भने सरकारले सचेतना अपनाउनुपर्ने होइन ? कृषि मन्त्रालयले एक महिना अगाडि बनाएको कथित विज्ञहरुको टोलीले नेपालमा सलह भित्रने सम्भावना न्यून रहेको भन्दै प्रतिवेदन बुझाएको थियो । तर आज नेपालमा सलहको प्रभाव जताततै देखिन थालेको छ । मन्त्रालयको टोलीले बुझाएको प्रतिवेदन सर्वसाधारणले समेत पत्याउन नसक्ने किसिमको छ । प्रतिवेदनमा मनसुन शुरु भएपछि सलह नआउने प्रतिवेदनमा उल्लेख गर्नु हाँस्यास्पद नभएर अरु के हुन सक्छ ?
हुन त मुलुकमा कोरोना फैलियोस, सलहको प्रवेश अत्याधिक होस,दैवी विपत्तिहरु बाढी, ,पहिरो वा अस्वभाविक दुर्घनाहरु भइरहे यहाँको एउटा समूह अर्थात सरकार निकटका दलहरुको बाह्रमासे खेति चलिरहन्छ । यी कुराहरु रोकिएमा उनीहरुमा छट्टपट्टी शुरु हुन्छ , देशका लागि नगारिककालागि सोच्ने फुर्सद यहाँका तीनै तहका शासकहरुमा देखिदैन । जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि आर्जन हुनुपर्छ भन्ने वर्गले प्रभुत्व जमाएको छ । नत्र सलहका विषयमा विज्ञ समूहले प्रतिवेदन तयार गर्दा मौसम विभागको बोली बोल्ने थिएन । प्रतिवेदनमा मनसुन शुरु भएपछि सलह नआउने भनिएपछि सरकाराले यसको नियन्त्रणम कुनै प्रयास नै गरेन । हाल सलह भारतको विभिन्न प्रान्त हुँदै रुपन्देही, वारा, पर्सा, सर्लाही, धनुषामा ठूलो संख्यामा देखिन थालिसकेको छ । समयमै राज्यबाट यसको नियन्त्रण हुन नसकेमा आगामी दिनमा खाद्यान्नमा नेपालले संकट व्यहोर्नपर्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया