नेपालमा चीनको बढ्दो हस्तक्षेपप्रति प्रवास बसाइमा रहेका तिब्बत सरकारका प्रमुख लोवसा· सांगेले चीनस“गको दूरी कायम गर्न आग्रह गरे

एजेन्सी (डब्ल्युआरओएन)÷अरुको मुलुकको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने चिनियाँ रणनीति नेपालको सन्दर्भमा केही बर्ष यता परिवर्तन भएको देखिन थालेका छ ।
भारतले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेकमा कब्जा जमाएको भन्दै नेपाल सरकारले ती भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको र संसदबाट वहुमतले पारित गरेको अवस्थामा उत्तरी छिमेकी चीनको नेपालको आन्तरिक मामलामा बढ्दो हस्तक्षेपप्रति तिब्बत सरकारका प्रमुख लोवसाङ्ग साँगेले चीनसँगको निकटतालाई लिएर नेपाल सरकारलाई चेतावनी दिएका छन् ।
चिनियाँ सरकारको कोपभाजनमा परी प्रवासमा शरण लिएर बसेका लोवसाङ्ग सांगेले नेपालप्रति चिनियाँ सरकारको भावि रणनीति उदांगो पारिदिएका हुन् । गत विहीबार डब्ल्युआइओएनसँगको कुराकानीमा भारतको धर्मशालामा निर्वासित जीवन विताइरहेका सांङ्गगेले चीनसँगको दूरी कायम गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
प्रमुख सांङ्गेले चीनसँगको दूरी नेपालले कायम नगरे नेपालले पनि तिब्बतकै हविगत व्यहोर्नुपर्ने अर्थात तिब्बतमा जस्तै चीनले नेपालमा पनि कब्जा गर्नेै संकेत गरेका छन् । कुराकानीका क्रममा उनले अगाडि भनेका छन् सन् १९६० को दशकमा तिब्बतले चीनमा कब्जा जमाएपछि भारतीय उपमहाद्विपमा चीनले
रणनीतिक रुपमा कब्जा जमाउन खोजेको छ । उनले उदाहरण दिँदै स्पष्ट रुपमा भनेका छन् चीन पाँच औँले रणनीति अन्तर्गत अगाडि बढेको छ । ‘पाँचऔले रणनीति अन्तर्गत तिब्बतलाई उसले दाहिने हातको पञ्जा मानेको छ भने नेपाल, भुटान, सिक्किम, लद्वाख अरुणाञ्चललाई पाँच औला मानेको छ ।
आजभन्दा तीन बर्ष अगाडि अर्थात सन् २०१७ मा सिक्किम र भुटानको बीचमा रहेको दोकलाममा उसले हस्क्षेपको प्रयास गरेको थियो । तर सफल हुनसकेन । हाल उसले लद्धाखमा सोही पाँच औंले रणनीति अन्तर्गत उसले सैन्य द्वन्द्वको प्रयास गरेको समेत सांङ्गेले स्पष्ट पारेका छन् , उनले चीनको उक्त
रणनीतिलाई बृहत दीर्घकालीन विस्तारवादी रणनीतिको अंग भएको र आफ्नो रण्नीतिक कार्यान्वयन गराउन ऊ लागि परेको जनाएका छन् ।
तिब्बत सरकारका पमुख सांगेले चीनले तिब्बतलाई कसरी कब्जा ग¥यो भन्ने समेत विस्तृत रुपमा बताएका थिए । शुरुवाती दिनमा चीन सरकारका प्रतिनिधिहरु तिब्बतमा आउजाउ गर्ने, तिब्बती सरकारका प्रतिनिधि, सरकार प्रमुखहरुसँग भेटघाट गर्ने गरे । पछि तिब्बतको ल्हासा सम्म सडक निर्माणमा सहयोग गर्नेदेखि र तिब्बतको राजधानी ल्हासासम्म सडक निर्माण हुँदा तिब्बती जनताको जीवनस्तरमा सम्मृद्धि आउने, तिब्बति नागरिकहरुलाई सहज हुने आश्वासन दिए । उसले गरेको सहयोगमा तिब्बत सरकारले कुनै प्रकारको आशंका गरेन तर पछि सोही सडकमार्फत चिनिया“ सेना, चिनिया प्रहरी, चिनिया ट्यांकरहरु धमाधम भित्रिन थाले । त्यो अवस्थासम्म चीन आइपुग्छ भनेर तिब्बत सरकारले कल्पनासम्म गरेको थिएन साँगेले डब्ल्युआइओएनसँगको
कुराकानीमा भावुक हुँदै भने । त्यसपछि तिब्बतमाथि चीनले कब्जा जमायो । अझै पनि समय छ नेपालले चीनसँगको दुरी कायम गरेन भने भोलि नेपालले पनि तिब्बतको नियति भोग्नुपर्ने हुनसक्छ ।
उनले अगाडि भनेका छन् चिनियाहरु अत्यन्तै धूर्त छन् । उनीहरुले अपनाएको रणनीतिलाई एलिट कोअप्टेशन भनिन्छ । एलिट को अप्टेशन रणनीति अन्तर्गत त्यस ठाउँका राष्ट्रवादीलाई प्रभावमा पारी सम्भ्रान्तहरुलाई समेत किनिदिने हो । यही रणनीति अन्तर्गत उनीहरु पत्रकार, बुद्धिजीवि, राजनैतिक नेता, उद्योगी, व्यापारी, मजदुर सबैलाई प्रभावमा पार्न सक्रिय हुन्छन् साँगेले भनेका छन ।

तपाईको प्रतिक्रिया