अधिकारीद्वारा नेकपाबाट राजीनामा

धरान÷सत्तारुढ नेकपाभित्र केन्द्रीय स्तरमा मात्र नभएर स्थानीय तहमा समेत विभाजन देखिन थालेको छ । नेकपा सत्तारुढ दलभित्र पछिल्लो पटक देखिएको नेतृत्व बीचको द्वन्द्वले स्थानीय स्तरमा समेत प्रभाव पार्न थालेको कार्यकर्ताहरु बताउँछन् ।
हालैमात्र बराहक्षेत्र नगरसमिति सचिवालय सदस्य राजु अधिकारीले असन्तुष्टि जनाउदै नेपाल कम्युनिस्ट पार्टी नेकपा नगर कमिटी, नगर सचिावलय सदस्य र नेकपा पार्टीबाटै राजीनामा दिनु भएको छ । उहाँले आफ्नो राजीनामाका सम्बन्धमा नेकपा जिल्ला कमिटी र नेकपा प्रदेश नं. १ लाई बोधार्थ समेत दिनु भएको छ । आफ्नो राजीनामा सम्बन्धमा उहाँले भन्नुभएको छ नेपाल कम्युनिस्ट पार्टीमा म एक आस्थावान कार्यकर्ता हुँ । विगत लामो समयदेखि पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्दे आएको छु । साविक भरौल गाविस हुँदा दुई कार्यकाल पार्टी अध्यक्ष रहेर काम गरेको, भरौल गाविसमा एक कार्यकाल वडाअध्यक्ष, एक कार्यकाल बराहक्षेत्र नगरपालिका वडां. ५ को वडाध्यक्ष रही निरन्तर रुपमा काम गर्दै आएको छु ।
हाल आएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भए पश्चात संगठन विस्तार गर्ने क्रममा नगर कमिटी सचिवालय सदस्य रहिरहेको र मेरो पार्टी संयन्त्रमा जाने पार्टी विधान अनुरुप पार्टीको निर्वाचित वडाध्यक्ष मध्ये जेष्ठ सदस्यताको आधारमा पार्टी संयन्तत्रमा जान पाउने अधिकारलाई बञ्चित गराई पार्टी विधान विपरीत नगर अध्यक्ष, नगर प्रमुख, पार्टी इन्चार्ज लगायतले बरियताक्रम विपरीत संयुक्त छलफलबाट विधान मिची काम गरेको र पटक पटक जानकारी गराउँदा पनि कुनै सनुवाही नभएकोप्रति आपत्ति रहेको जनाउँदे उहाँले राजीनामा दिनुभएको जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया