धरान÷ विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण भएको लकडाउनका कारण सबैभदा बढी मृगौला रोगहरु समस्यामा परेका छन् ।्
लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका हुन् । मृगौला विरामीले हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने बाध्यता गर्नुपर्ने हुन्छ । लामो समयको लकडाउनका कारण सवारी साधन नहुदा बीपीमै बसेर उनीहरुले डाइलासिस गर्ने गरेका छन् । डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको उपचारमा आएका मृगौला विरामी तथा आफन्तले गुनासो पोखेका छन् ।
बेलबारी ६ मोरङकी शशिकला खवास केही बर्ष अगाडि मृगौलामा समस्या देखा प¥यो । समस्या देखिएपछि उहाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा देखाउनुभयो । प्रतिष्ठानले लगातार डाइलासिस गरिहनुपर्ने सुझाव सल्लाह दिएपछि अहिले पनि उहा हप्तामा दुई पटक प्रतिष्ठानकै डाइलासिस विभागमा गएर डाइलासिस गर्नुहुन्छ । विगतमा अस्पतालले डाइलासिसमा प्रयोग हुने र्आैषधी अर्थात सामाग्री प्रतिष्ठानले नै उपलब्ध गराए पनि लकडाउनका कारण सामान नआएको भन्दै विरामीले नै किनेरलगाउनु पर्ने बाध्यता एकातिर छ भने बस्ने स्थान र खाने स्थानको समेत अभाव उत्तिकै भएको गुनासोे खवासको छ । उपचार गराउदा गराउदै आर्थिक समस्या उत्पन्न भएको बेला सामान आफै नै खरिद गर्दा झन ठूलो समस्या भएको उनीहरु बताउछन् । खर्च गरेको बिल प्रतिष्ठान प्रशासनले १५ दिन भित्र उपलब्ध गराउने भने पनि १ महिना वितिसक्दा समेत उपलब्ध नगराएको गुनासो उहाको छ ।
यस्तै गुनासो दुहवी भलुवा नगरपालिका वडा नं. ३की विष्णुमाया राईको समेत छ । हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने हुदा सवारी साधन नहुदा उनीहरु प्रतिष्ठानको धर्मशालामा बसेका थिए । तर धर्मशालालाई क्वारेन्टाइन बनाएपछि कलेजको माथिल्लो तलामा आफै खाना बनाएर खानुपर्ने बाध्यता छ । श्रीमान रामबहादुर राईको उपचारमा आउनुभएकी उहाले खर्च सकिदै गएको अवस्थामा धरान १८ वडा समितिले शुरुका दिनमा खाना खुवाउने र
राशन उपलब्ध गराउने गरे पनि अहिले त्यो नगर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको गुनासो उहाको छ ।
विगतदेखि नै औषधि आफै खरिद गरे पनि अहिले डाइलासिसमा प्रयोग हुने फिस्टुला निडिड छैन । जसो तसो गरेर विरामी आफैले उपलब्ध गराउनुपर्ने बाध्यता रहेको मोरङबाट आमा विरामी लिएर आउनुभएका विशाल तामाङ्ग बताउनुहुन्छ । खरिद गरेको सामाग्रीको पछि पैसा फिर्ता दिने भनिए पनि अहिले महंगो मूल्यमा खरिद गरिएको भए पनि बीपीले सस्तो मूल्य पर्ने भन्दै रकम घटाएर फिर्ता दिने बताएको तामाङ बताउनुहुन्छ ।
बन्दकै कारण अहिले पूर्वी पहाडी जिल्ला तथा अन्यत्रबाट यसरी अलपत्र भएर बस्नेका संख्या बीपीमा ५० भन्दा बढी छन् । खर्चको अभावमा आफुले औषधि प्रयोग गर्नुपर्ने र बस्ने खानेको समेत समस्या भएको छ । यस विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक गौरी शंकर साहसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रतिष्ठानमा
कोरोना अस्पताल निर्माण भएपछि अन्य विरामीको उपचारमा लापारबाही भएको कुराहरु बाहिर आइरहेको बेला प्रतिष्ठानले यसतर्फ ध्यान दिन सकेको देखिदैन ।
