विजयपुरको चहलपहल अझै बढ्न सकेन

धरान÷ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले जेष्ठ ३२ गतेदेखि लकडाउन केही खुकुलो गरे पनि धार्मिक पर्यटकीय स्थल धरानको विजयपुरमा अझै चहलपहल बढ्न सकेको छैन ।
कोरोना भाइरसको संक्रमणको त्रासले सर्वसधारण मन्दिरमानआउदा मन्दिरमा अहिले पनि सुनसान भएको पाइन्छ । विजयपुरका मठमन्दिरमा दर्शनका लागि आउने धार्मिक पर्यटक सवारी साधन नचल्दा धरान वरपरका सवसाधारणबाहेक टाढाबाट आउन सकेका छैनन् ।
विजयपुरमा दर्जनौ मठमन्दिर छन् । विशेष गरी भक्तजनहरु पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बूढासुब्बा मन्दिर र पञ्चकन्या मन्दिरमा दर्शनका लागि आउने गर्छन् ।
बुढासुब्बा मन्दिर छेउमा घर भएका स्थानीय प्रेमप्रसाद पराजुलीले आफ्नै घरमा पुजाका सामाग्रीहरु विक्री गर्नुहुन्छ । उहाले दैनिक सैयौ भक्तजनहरुलाई पूजाका सामाग्री विक्री गर्ने भएपनि अहिले भक्तजन नआउदा मन्दिर नै सुनसान देखिने गरेको बताउनुहुन्छ । उहाले बुढासुब्बा मन्दिरमा दैनिक नित्य पूजा भएपनि मन्दिर प्रवेशद्वारमै ताला लगाइएको बताउनुभयो । उहाले मन्दिर लक हुदा धेरैको रोजगारी गुमेको बताउनुभयो । उहाले दैनिक सैयौ सर्वसाधारण पूजा गर्न आउदा सवारी साधन लिएर आउने हुदा सवारी मजदुरको कमाइ मरेको, होटल व्यवसाय नचल्दा व्यवसायीहरु मारमा परेको लकडाउनले समग्र विजयपुरको विकासमा ठूलो असर परेको बताउनुभयो ।
यता धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले कोरोना भाइरका कारण भएको मन्दिर लकडाउनले समग्र विजयपुरलाई असर पारेको बताउनुभयो । उहाले यहा दैनिक पूजाका सामाग्री विक्री गर्ने लाई मात्र असर परेको छैन आन्तरिक तथा वाह्य पर्यटक यहा नआउदा समग्र विजयपुरको विकासमा नै असर परेको बताउनुभयो ।
लकडाउनका कारण विजयपुरमा दैनिक लाखो कारोबा हुने गरेको थियो । आन्तरिक पर्यटक एक आद्य पुगे पनि बाह्य पर्यटक सवारी साधन नचलेका कारण आउन पाएका छैनन् । जसले गर्दा दैनिक लाखौ घाटा व्यहोर्नुपर्ने बाध्यता छ । मन्दिरमा शनिवारमात्र २ हजारदेखि ३ हजार भक्तजनहरु आउने गर्दथे । अब साउन महिना लाग्न लागेको छ । यस महिनाभरि पिण्डेश्वर मन्दिरमा बोलबमका भक्तजनहरु आउने समय हो । यसपटक यसलाई समेत प्रभावित बनाउने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया