धरान÷प्रत्येक निर्वाचन क्षेत्रको प्रतिनिधिसभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि ६ करोड विनियोजन गर्ने गरिएको छ । उक्त रकम स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्य विधि) नियमावली २०७६ को परिधीभित्र रहेर प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यको संयोकत्वमा प्रत्येक निर्वाचन क्षेत्रमा गठन हुने कार्यक्रम निर्देशन समितिले छनौट गरेका आयोजना कार्यान्वयनका लागि खर्च गर्नुपर्दछ ।
यस नियवमाली बमोजिम आयोजना छनौट गर्दा पत्येक निर्वाचन क्षेत्रमा उपलब्ध हुने कुल रकमको ५० प्रतिशत रकमबाट न्यूनतम ५० लाख रुपैया लागत अनुमान भएका आयोजना र बाकी ५० प्रतिशत
रकमबाट न्यूनतम १० लाख रुपैया लागत अनुमान भएका आयोजना छनौट गर्नुपर्दछ । यसरी छनौट भएका आयोजना कार्यान्वयन गर्ने जिम्मेबारी सम्बन्धित स्थानीय तहको हुनेछ । छनौट भएका आयोजना मध्ये १० लाख भन्दा कम लागत अनुमान भएका आयोजना उपभेक्ता समितिमार्फत कार्यान्वयन गराउन सकिने तर ५० लाख रुपैया वा सो भन्दा बढी लागत अनुमान भएका आयोजना बोलपत्रको माध्यमबाट ठेक्का व्यवस्था गर्नुपर्नेछ भनी नियमावलीको नियम ११ मा वाध्यात्मक व्यवस्था गरिएको छ ।
धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राई मार्फत छथर जोरपार्टी गाउँपालिका वडा नं.े २ को चक्रपथ सडक स्तरोन्नतिका लागि विनियोजित ५० लाख रुपैया उक्त सडक स्तरोन्नति नियमावली अनुसार बोलपत्रको माध्यमबाट ठेक्का व्यवस्था गरिनुपर्नेमा फागुनमा भएको यो प्रावधालनाई वेवास्ता गर्दे उपभोक्ता समिति गठन गरी सोही उपभोक्ता समिति मार्फत गराइएको पाइएको छ । त्यो आयोजना उपभोक्ता समिति मार्फत गराइएको जस्तो देखाइए तापनि यथार्थमा सोही गाउँपालिका वडा नं.े ५ निवासी ठेकेदार बलदिप तिगेला मार्फत गराइएको थियो । ठेकेदार तिगेलाको निजी डोजर पनि रहेको छ । उपभोक्ता मार्पmत काम गराउदा आर्थिक अनियमित भएको स्थानीयले आशंका गरेका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७६ संघीय कानुन हो र संघीय कानुन नेपालभरि लागू हुने हुन्छ । गाउँ पालिकाले संघीय कानुन विपरीत गरेका कुनैपनि आदेश, निर्णयहरु नेपालको संविधान अनुसार गैरकानुनी हुने कानुनी व्यवस्था भए तापनि छथर जारिपार्टी गाउपालिकाले संघीय कानुनको ठाडो उल्लंघन गरेको छ ।
यस सम्बन्धमा गाउपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुसँग पटक पटक बुझ्न ९८४२१११०८२ मा सम्पर्क गर्दा उहाँको फोन उठेन भने प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मैले पनि अध्यक्ष लिमबुसँग सक्पर्क राख्दा अनियमितता नभएको बताएका छन । उक्त कार्यबाट उभ्रिएको केही रकम अन्यत्र निर्माणमा लगाउने समेत राईले अध्यक्ष लिम्बुको हवाला दिँदै बताउनुभयो ।
