राजधानी÷हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर परिषरको सरसफाइ र ब्रतालु तथा श्रद्धालुहरुको सुविधा निर्माणका लागि भारत सरकारले ३
करोड ७२ लाख ३ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
पशुपतिनाथ मन्दिर सन् १७८९देखि युनस्कोको विश्वसम्पदा सूचिमा रहेको छ । अत्यन्तै महत्वपूर्ण धार्मिक स्थल पशुपति क्षेत्र मन्दिर परिषरमा सरसफाई र सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाण्डौ महानगरपालिका बीच असार १ गते सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडीपी वा पहिले एसडिपिज) को रुपमा यस परियोजनालाई नेपाल भारत मैत्री विकास साभेदारी अन्तर्गत अनुदान दिइएको हो ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पिएडिटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पत्र पठाइएको थियो । पशुपति मन्दिरमा पाल्नु हुने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाई सुविधा निर्माण गर्न यस परियोजना अन्तर्गत भारतले नेरु ३ करोड ७२ लाख ३ हजार आर्थिक सहयोग प्रदान गरेका हो । यो परियोजनाको कार्यान्वयन काठमाण्डौ महानगरपालकाले नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप गर्ने भएको छ । सम्झौतामा भएको सहमति अनुसार आगामी १५ महिना मित्रमा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत उपयुक्त ठकेदारको पहिचान गर्ने भएको छ ।
पशुपति नाथ मन्दिर नेपालको सबैभन्दा ठूलो मन्दिर परिषर हो र बागमती नदिको दुवैतर्फ फैलिएको छ । जहाँ हरेक दिन हजारौ, लाखौको संख्यामा स्वदेश तथा विदेशबाट भक्तजनहरु आउने गर्छन् । सन् २०१४ अगस्त महिनामा नेपाल र भारतका दुवै सरकारले सहमति गरेको सरसफाई परियोजनाले पशुपति नाथ मन्दिर परिषरमा सार्वजनिक सुविधाहरुको स्तरोन्नतिका लागि नेपाल सरकारको प्रयासलाई सार्थकता बनाउने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
