धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रो वायलोजी ल्याब (Sars-cov2 RT-PCR Testing ) मा अन्य ठाउँको नमूना परीक्षणमा थप एक जनामा कोरोना पोजेटिव पाइएको छ ।
सप्तरी राजविराजका १८ बर्षीय नसिव हुसैनमा कोरोना पुस्टि भएसँगै प्रतिष्ठानमा परीक्षण गरेकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिष्ठान स्रोतले दिएको जानकारी अनुसार सप्तरीबाट पठाइएका ६८ जना मध्ये नसिव हुसैनको पोजिेटिव पाइएको हो भने अन्यको रिपोर्ट नेगेटिव देखिएको छ । कोरोना संक्रमित देखिएका युवक तवलिगी जमातमा हिडेको खुलेको छ । प्रतिष्ठानमा सोमबार ८४ नमूना सकलन भएकोमा ६७ जनामा कुनै संक्रमण नरहेको र १६ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको छ । प्रतिष्ठानमा हालसम्म १ हजार १ सय ६५ नमूना संकलन भएकोमा १ हजार १ सय ३५ मा संक्रमण नरहेको पुष्टि भएको छ । संक्रमित नसिव हुसैनलाई हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेसनमा राखिएको छ ।
