धरान÷नेपाल र नेपालीका लागि विश्व पहिचानको माध्यम बनेको विश्वको सर्वोच्च शिखर सगरमाथा उत्तरी छिमेकी चीनले सगरमाथा आफ्नो भूभागमा पर्ने भनेर वैसाख २० गते सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि नेपालमा त्यसको चौतफी विरोध मात्र भएको छैन आइतबार सिन्धुलीमा चिनियाँ राष्ट्रपति सिजिङ्ग पिङ्गको पुत्ला समेत दहन गरेका छन् ।

चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आफ्नो आधिकारिक ट्विटह्याण्डलमा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने उल्लेख गरेपछि नेपालमा त्यसको तिब्र विरोध भएको छ । चौतर्फी विरोध हुन थालेपछि उसले त्यसलाई सच्याएर उत्तरी मोहडाबाट मात्र सगरमाथा चीनमा पर्ने र नेपाल चीनको सीमा रहेको उल्लेख गरेको छ ।
आइतबार सिन्धुली जिल्लाको भिमानमा डा. केशव पौडयालको नेतृत्वमा सैयौ जागरुक युवाहरुले चीन विरुद्ध चर्का नाराबाजी गर्दै चिनियाँ
राष्ट्रपति पिङ्गको पुत्ला दहन गरेका थिए । उनीहरुले नेपालको झण्डा बोकेर राष्ट्रियताको नारा समेत लगाएका थिए । वि.सं. २०१२ सालमा नेपालका तत्कालीन राजा महेन्द्रले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङ्गसँग वार्ता गरेर सगरमाथा विवाद सुल्झाएका थिए । सगरमाथाको पूर्वी, दक्षिणी र पश्चिम मोहडा नेपालको भएपनि चिनियाँहरुले सिंगो सगरमाथा आफ्नो रहेको उल्लेख गर्ने गरेको
धरानस्थित युरेका माविका प्रिन्सिपल राजेन्द्र गुरुङ्गले आफूले भोगेको तीतो अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो केही बर्ष अगाडि एउटा सेमिनारमा सहभागी हुँदा त्यसमा चिनियाँ नागरिकको पनि सहभागिता रहेको थियो ।
परिचयको कार्यक्रममा आफूले माउन्ट एभरेन्ट नेपालबाट सहभागीता जनाएको उल्लेख गर्नासाथ चिनियाँ नागरिक आक्रोसित भएर उठेका थिए । उनीहरुले सगरमाथा आफ्नो भएको दाबी गरेका थिए ।
