अरु देशको आन्तरिक मामलामा हस्क्षेप नगर्ने भन्दै आएको चाइनाले पछिल्लो पटक नेपालको आन्तरिक गतिविधिमा प्रत्यक्ष संलग्नता देखाउन थालेको छ ।
पछिल्लो पटक नेपालका लागि चिनियाँ राजदूत हाउ यांकीको दौडधूप र सक्रियता बढेसँगै नेपालको आन्तरिक मामलामा उसको हस्तक्षेप बढेको राजनैतिक एवम कुटनीतिक विश्लेषकहरुले औँल्याएका छन् । विगतमा तिब्बती शरणार्थी र आफनो मुलुकको सुरक्षाका लागि मात्र गतिविधि गर्ने गरेको चीन हाल फरक ढगले प्रस्तुत हुन थालेको छ ।
वर्तमान चिनियाँ राजदूत हाङ यांकी नेपालका कम्युनिस्ट खास गरेर पूर्व एमाले र पूर्व माओवादीप्रति अत्यन्तै निकट भएर काम गर्न थालेको देखिन्छ । उनैको प्रयासमा यी दुवै कम्युनिस्ट एक भएका थिए । एउटै जात र धर्मका भएपनि बीच बीचमा शक्ति संघर्षका कारण दूरी बढ्न थालेपछि चाइनिज दाजदूत पुनःसक्रिय हुने गरेकी छन् । केही दिन यता दुवै पूर्व कम्युनिस्ट बीचमा तिक्कता बढदै गएपछि यांकी सक्रिय भइन् र थामथाम थुमथुम पारेकी छन् । उनले वर्तमान सरकार र नेपालको आन्तरिक मामलामा आफ्नो प्रत्यक्ष र परोक्ष संलग्नता देखाउने गरेकी छन् ।
नेपालको इतिहासमा आजसम्म कुनै पनि चिनिया नागरिकले सरकारको प्रमुख प्रशासनिक इकाई रहको सिंहदबार अगाडि आएर धर्ना, जुलुस, नाराबाजी र सुरक्षाकर्मीमाथि आक्रमणको दुस्प्रयास गर्न सकेका थिएनन् । तर गत शुक्रार नेपालीहरुले त्यो दृश्य समेत देख्न पाए । आफूलाई शक्ति सम्पन्न राष्ट्र सम्झने तर नेपालमा पर्यटनका रुपमा आएका, व्यापार र व्यवसाय गरेर बसेका नागरिकहरुलाई स्वदेश फिर्ता गराउन वास्ता नगरेपछि ती चिनियाँ नागरिक राजदूतावास अगाडि धर्नामा बस्नुपर्ने थियो । तर उनीहरुको सिंहदरबारको अग्रभाग नै किन रोजे ? उनीहरुले स्वदेश फिर्ताको माग चाइनिज दुतावासमा किन गरेनन् ? ंिहदरबारको अग्रभागमा धर्ना दिने सल्लाह उनीहरुलाई कस्ले दियो ? आफना नागरिकको गतिविधि चाइनिज राजदूतलाई थिएन ? निषेधित क्षेत्रमा त्यसमाथि पनि विदेशी नागरिकले धर्ना दिएपछि प्रहरीले सम्झाई बुझाइ हँटाउन खोज्दा उल्टै प्रहरीमाथि नै आक्रमण गर्नु कहाँसम्मको उचित हो ? चाइनिज नागरिकको धर्नामा प्रहरीमाथि भएको आक्रमणप्रति नेपाल सरकारले सामान्य रुपमा समेत प्रतिक्रिया नजाउनु दुर्भाग्य हो ।
नेपालप्रति चाइनाको हेपाहा प्रवृत्ति कति सम्म बढेको छ भने भर्खरै मात्र चाइनाको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आफनो आधिकारिक ट्वीटर ह्याण्डलमा विश्वको सर्वोच्च शिखर सगरमाथा तिब्बतको स्वायत्त क्षेत्रमा पर्ने भनेर प्रचार गरेको छ । सर्वोच्च शिखर गरमाथा पूर्व दक्षिण र पश्चिम मोहडा नेपाल र उत्तर मोहडा चाइनातर्फ रहेको विश्वका हरेक देशलाई थाहा छ । सगरमाथा आरोहरण गर्न जानेलाई नेपालले पूर्व, दक्षिण र पश्चिम मोडाबाट आरोहणको स्विकृति दिदै आएको छ । चीनले उत्तरी मोहोबाट
आरोहणको स्विकृति दिदै आएको छ । हाल आएर सगरमाथाको सम्पूर्ण भूभाग चीनतर्फ रहेको प्रचार गर्दा पनि नेपाल सरकारले
विरोधमा सामान्य प्रतिक्रिया समेत जनाउन सकेको छैन । यतिमात्र होइन हाल सगरमाथाको उचाई नाप्ने कार्यमा चाइनिज प्राविधिहरुको टोली सक्रिय भएको छ । सगरमाथाको उचाई नाप्न पूर्व पश्चिम, उत्तर, दक्षिण सबै मोहडाको प्रयोग गर्नुपर्छ । यसका लागि उसले उत्तरी मोहडालाई मात्र प्रयोग गरेको छैन । अन्य मोहडाकोसमेत प्रयोग गरिरहेको छ । अन्य मोहडाको प्रयोग गर्न उसले नेपालसँग स्विकृत समेत लिएको छैन । अब यसलाई चाइनाको नेपालप्रतिको हेपाहा प्रवृत्ति नभनेर के भन्ने ? वर्तमान सरकार उत्तरतिर आवश्यक भन्दा बढी नतमस्तक भएकै परिणाम स्वरुप उत्तरले सगरमाथा चीनको हो, सगरमाथाको एक्लौटी मापन, राजधानीमा चिनियाँ नागरिकको ज्यादति र नेपाल प्रहरीमाथि आक्रमण भएको हो भन्दा अतियुक्ति नहोला ।
