पारी कडाई वारी लापरवाही

धरान÷भारतको पट्नाबाट आएका दुहवी ९ का सन्तलाल चौधरी सोमबार विराटनगरको रानी भन्सारबाट विना रोकटोक आफ्नो सामान लिएर नेपाल प्रवेश गरे । विराटनगर पिछडाको दिना साह विहारको मुरगाउँबाट परिवारसहित नेपाल फर्किए । सीम नाकामा उनीहरुको स्वास्थ्य स्थितिका सम्बन्धमा न कसैले सोधी खोजी ग¥यो न स्वास्थ्य परीक्षण नै भयो ।
ती दुई त प्रतिनिधि पात्र मात्र हुन् । विराटनगर रानी भन्सार नाकाबाट दैनिक सैयौ सर्वसाधारण चाहे भारतीय नागरिक हुन् चाहे नेपाली नागरिक हुन निर्वाध नेपाल–भारत आवत जावत गरिरहेका छन् । सरकारले सीमा नाकामा
राखिएको भनिएको स्वास्थ्य सहायता कक्षका बारेमा उनीहरु अनविज्ञ छन् । न त स्वास्थ्य सहायता कक्षमा
रहेकाले उनीहरुको स्वास्थ्य परीक्षणमा ध्यान दिए । उता भारततर्फ भने नेपालीलाई जान कडाई गरिएको थियो । पारी कडाई वारी लापरवाही ।
मन्त्री परिषदको बैठकले नाका एक हप्ताका लागि बन्द गर्ने, आवात जावतमा कडाई गर्ने, स्वास्थ्य सहायता कक्षलाई प्रभावकारी बनाइने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिएन । नेपालसँग भारतको १६४ वटा सीमा नाकाहरु रहेका छन् । जसमध्ये ३९ वटा सीमानाका मोटरेवल, १२५ वटाबाट सहज ढंगले आउजाउ गर्न मिल्ने खालका रहेका छन् ।

तपाईको प्रतिक्रिया