घरबाट बाहिर निस्किए एक महिना जेल

धरान÷नोबेल कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी त्रास, विश्व स्वास्थ्य संगठनको चेतावनी र नेपालमा समेत पछिल्लो पटक केही व्यक्तिमा कोरोना भइरसको पुष्टि भएपछि नेपाल सरकारले एकहप्ता घरबाट बाहिर ननिस्कन प्रतिबन्ध लगाएको छ ।
चैत्र १० गते काठमाण्डौमा बसेको उच्च स्तरीय समन्वय समितिको वैठकले हिजो मंगलबारबाट लागु हुने गरी १८ गतेसम्मका लागि विहान ६ बजेदेखि राती ९ बजेसम्म कुनै पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ । निर्देशनको उल्लंघन गरेमा संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने समेत जनाएको छ । निर्देशनको अवज्ञा गरेमा एक महिना कैद हुने उल्लेख गरेको छ । काठमाण्डौमा संक्रमित भेटिएपछि समितिले देशका ७७ वटै जिल्लामा एक साथ लक डाउन गर्ने निर्णय समेत गरेको हो । सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया