विजयपुरका मठ मन्दिरका भित्तामा विज्ञापनले भरिएका छन्

धरान÷धरान १४ विजयपुरलाई धार्मिक पर्यटन क्षेत्र बनाउने धरान उपमहानगरपालिले गुरु योजना बनाएर अगाडि त बढ्यो तर त्यो अनुरुपको काम भने गर्न सकेन । विजयपुरमा रहेका प्रख्यात मन्दिर पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिरको नाम सुनेर मन्दिरमा दर्शन गर्न देश विदेशबाट आउने गरेका छन् ।
मन्दिरसम्म पुग्ने सवारी साधन गुड्ने र पैदलै पुग्नेका लागि पनि रेलिङ मार्ग बनाइएको छ । धरान २ सिंहदेवीदेखि रेलिङ मार्गको बाटो उक्लिने वित्तिकै आकर्षक रेलिङ, रेलिङ छेउमा रहेको भितामा विभिन्न देव देवीका आकृति कोरिएका चित्रहरु देख्दा भक्तजनहरुको मन प्रफुल्ल हुन्छ । सडकमा राती हिड्दा बत्तीको व्यवस्था समेत गरिएको छ । तर सिंहदेवी उक्लेर १० मिनेटको बाटो कट्न नपाउदै धरान १४ दुईधारे छेउबाट भने भक्तजनहरुको प्रफुल्ल मन खिन्न बन्छ र नाक खुम्च्याउनुपर्ने अवस्था आउछ । सिंहदेवी चौकमा देव देवीका आकृृति नियाल्दै आएका भक्तजनहरु दुईधारे माथि उक्लना साथ जथाभावि फोहोर, झाडी अनि त्यहा बनाइएका वालहरुमा जथाभावि कोरिएका, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुले व्यवसायिक प्रयोजनका लागि गरिएको विज्ञापनले गर्दा कुरुप भएको देख्न सकिन्छ । त्यतिमात्र र्हैन मन्दिरका भित्तामा समेत जथाभावि कोरिएका विज्ञापनले मन्दिरको सोभा नै घटाइदिएको छ ।
जथाभावि कोरिएका विज्ञापनका कारण मन्दिरको सोभा नै घटाइदिएको त्यहा आउने भक्तजनहरु बताउछन् । विराटनगरदेखि दन्तकाली मन्दिर दर्शनका लागि आउनु भएका सुजन राईले मन्दिरको भित्री भाग राम्रो भए पनि मन्दिरको आवरणमा जथाभावि कोरिएका विज्ञापनले मन्दिर कुरुप बनेका बताउनुभयो ।
स्थानीयहरु समेत मन्दिरका वालहरुमा जथभावि राखिएका विज्ञानपनले मन्दिरको सौन्दर्यता नैै हराएको बताउछन् । दन्तकाली मन्दिर छेउमै घर भएका विश्व प्रकाश उपाध्यायले मन्दिरमा चित्र कोर्दा मन्दिरसंग सम्बन्धित कुराहरु हुनुपर्ने बताउनुभयो । पवित्र स्थल मानिएको
मन्दिरमा व्यवसायिक फर्मको विज्ञापन हुदा समेत स्थानीय सरकारको आखा नपुग्नुमा विडम्बनापूर्ण भएको बताउनुभयो ।
यता मन्दिरका पुजारी भने यो गलत भएको जान्दाजान्दै पनि नदेखेको जस्तो गरेर बस्ने गरेका छन् । मन्दिर सञ्चालनका लागि समिति छ यो सम्बन्धमा समितिमा कुरा राख्ने भन्दै पन्छिने व्यवहार त्यहाका पुजारीहरुको छ ।
हुन त मुलुकमा संघीयता कायम भएपछि भने स्थानीय स्तरमा रहेका सार्वजनिक महत्वका सम्पत्तिहरुको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हुने गर्छ । तर यो विज्ञापनको विषयमा स्थानीय सरकारल समेत खासै चासो देखाएको देखिदैन । धरान १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले मन्दिरमा गरिएको फोहोर र मन्दिरका भित्तामा टासिएका पम्पेल, भित्तामा लेखिएका विज्ञापन हटाउन चाडै नै आवश्यक कदम चाल्ने बताउनुभयो ।
खास गरेर यहाँ भएका मन्दिरहरुका भित्तामा शैक्षिक संस्थाको भर्ना सम्बन्धि सूचना, होटल तथा लजको विज्ञापन तथा अन्य व्यवसायिक फर्मको विज्ञापन स्वरुप जथाभावि भित्तामा कोरिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया