सम्यक शिक्षा समूहद्वारा सहयोग

धरान÷ बृद्धाबृद्धा, असहाय तथा भिन्न क्षमता भएका बालबालिकालाई विविध सहयोग पु¥याउदै आएको सम्यक शिक्षा समूहले यसपटक पनि सहयोग गरेको छ ।
१२ बर्षदेखि लगातार सहयोग पु¥याउदै आएको यस संस्थाले यसपटक भने सम्यक शिक्षा समूह काष्ठमाण्डपबाट आएको सहयोग धरानमा रहेका दृष्टिविहीन तथा वृद्धाबृद्धालाई विविध सामाग्री वितरण गरेको हो ।
एक नं. प्रदेशकी सांसद उमिता बराइलीको उपस्थितिमा सम्यकले धरानमा रहेका १० जना दृष्टिविहीन बालबालिकालाई १० वटा सेतो छडी वितरण गर्नुका साथै १४ जना बृद्धाबृद्धालाई लठ्ठी तथा कम्बल वितरण गरेको हो ।
सम्यक शिक्षा समूहकै कार्यालयमा वितरण गरिएको सो कार्यक्रम १२ बर्षदेखि निरन्तर सहयोग पु¥याउदै आएको समूहकी उपाध्यक्ष अर्पणा शाक्यले बताउनुभयो । उहाले वितरण गर्दा विभिन्न संघ संस्थाका प्रतिनिधि, धरान उपमहानगरपालिका लगायत अन्य सम्बन्धित संस्थासंग सहकार्य गरेर धरानमा रहेका अति विपन्न परिवारका बृद्धाबृद्धा र भिन्न क्षमता भएकाहरुलाई सहयोग पु¥याउदै आएको बताउनुभयो ।
सो अवसरमा धरानका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया