घण्टाघरबाट हेर्दा

झोलेहरुको विगविगी
कम्निष्ट राजमा झोलेहरुको साह«ै बिगबिगी बढ्या छ । तिन्ले चाकडी गर्न आमाको गर्भबाटै त अवश्य सिक्या थेनन् होला । कम्निष्ट सत्तामा पुगेसी’ तिनलाई दह«ै तालिम दिए जस्तो छ । चाकडी गर्दा तिनलाई आँचीको गन्ध पनि सुगन्ध लाग्छ, मुत्रलाई नि गंगाजलै सम्झेर शिरमा छर्कन्छन्, अपानवायुलाई तिनीहरु प्रकृतिको स्वच्छ हावा सम्झेर पान गर्छन । अब हेरम न पर्धानमन्तरी खप्रओको दोस्रो पटक मृगौला प्रत्यारोपण भएसी सुस्वास्थ्यको कामना गर्नुपर्नेमा झोलेहरुले सानो चाकडी बजाएनन् । हुन त त्यस्ता झोलेहरुले बाल्वाटाराँ सपथ खाको थे क्यारे । सपथै खाएसी’ वातै खलास भैहाल्यो नि । हपिटलमा पर्धानमन्तरीले स्वास्थ्य लाभ लिइरहँदा, झोलेहरुले सामाजिक सञ्जालमा आज पर्धानमन्तरीले अलिकति आची गर्नुभयो, आज पर्धानमन्तरीले पाद्नुभयो, आज पर्धानमन्तरीले दुई लिटर सु गर्नुभयो भनेर लेखेछन् । यो शरीरका नियमित प्रक्रिया हो भन्ने कुरा समेत झोेलेहरुलाई थाहा नभएको देख्दा घण्टाघरलाई उदेक लागेको छ । उदेक लागेर नि के गर्नु तिन्ले वाल्वाटाराँ जो कसम खाका थिए । नमकको सोझो त गर्नैप¥यो ।
सरकारले केही गर्न सक्दैन
कोरोना भाइरसले यतिबेला संसारलाई लिरीलिरी हल्लाइदिएको छ । मै हुँ भन्ने बलिष्ठ देशहरु समेत लुगलुग काँप्या छन् । सकेसम्म सबैले आफ्ना नागरिकहरुको उपचार गरिरहेका छन्, क्वारेन्टाइनमा राखेका छन, आइसोलेसनमा राखेका छन् । तर नेपालका स्वास्थ्य मन्तरी भने आफनो ज्यान आफै बचाउ, सरकारले कसैको उपचार गर्दैन भन्दै हिड्या छन् ।
सरकारका स्वास्थ्ये मन्तरीको गफ सुन्दा जनतालाई तिनका मुखमा प्वाक्क हान्न मन लाग्या होला । आफ्ना नागरिक थला परुन कि, सिद्धिउन कि, लम्पसार परुन सरकारलाई बाल मतलब छैन । जन्ताबाट ढाड खुस्किउन्ज्याल कर असुल्ने, नागरिककै स्वास्थ्का लागि विश्व स्वास्थ्य संगठनले अरबौ रुपैया सरकारलाई दारु पार्टी गर्न द्या हो र ? ती स्वास्थ्ये मन्तरीले कसरी त्यस्तो प्वाक्क बोल्न सक्या होलान् ? स्वास्थ्ये मन्तरी नै त्यस्तो भएसी’बाँकी कुरा के कोट्याइ रहनु ? जति कोट्यायो त्यति गन्ध आउँछ ।
आतंककारीले हान्या रे
आफूले बम हान्दा परिवर्तनकारी, अरुले बम हान्दा आतंककारी । नेपालमा साह«ै गजब छ, सत्तरी करोड झ्याम्मै बजाउन आँट्या, पूर्व सूचने मन्तरीको घरमा बम हाल्ने आतंककारी हुन रे पचण्डाउले भन्या । सर्पको खुट्टी सर्पले देख्छ भन्थे हो रै’छ । हिजो आफूले
गरेको धन्दा आज अरुले गरेको देख्दा प्रचण्डाउलाई यतिबेला झल्झल्ती याद आउन थाल्या छ । हिजो आफूले गरेको धन्दा आज अरुले गरेको देख्दा प्रचण्डाउलाई यतिबेला झल्झल्ती याद आउन थाल्या छ । हिजो आफूले स्कुल उडाएको, कजेल उडाएको बैंक उडाएको, १७ हजारलाई तर्फनताम गरेको कैयौको उठिबास लगाएको प्रचण्डाउलाई यतिबेला झल्झल्ती याद आउन थाल्या रै’छ । नआएर पनि त भएन । हिजो आफूले गरको काम आज अरुले इमान्दारिताका साथ गर्दैछन् । हिजो प्रचण्डाउलाई आतंककारी भन्थे आज उनीहरुलाई भन्दैछन् । यस्तै हो कहिले सासूको पालो कहिले बुहारीको पालो ।
कोरोना भन्दा डरलाग्दो
यतिबेला जस्का थुतुनोमा नि कोरोना झुण्डिएको छ । बाल बालिकादखि बृद्धबृद्धासम्मको थुतुनोबाट दिनभरि कोरोनाकै स्तुतिगान सुनिन्छ । मेड इन चाइना अर्थात कोरोना भन्दा पनि डरलाग्दो रोगले यतिबेला नेपाललाई गाँजेको छ । त्यो डरलाग्दो रोग भन्या भ्रष्टाचार । वाफ रे वाफ यो भ्रष्टाचारको जिवाणुले वाल्वाटारको जग्गा पनि कुटुकुटु खायो, वाइडवडी जहाजलाई भ्वाङ्गै भ्वाङ्ग बनाइदियो, नेपाल ट्रष्टको जग्गा धमाधम आसेपासे, नन्दीभृंगीका नाममा प्रहरी प्रशासन सरुवा बढुवामा व्रिफकेशको प्रतिष्पर्धा, बलात्कारीलाई फूलमाला खै के हो के हो । कोरोनाले त मान्छेमात्र खाइदिन्छ भने भ्रष्टाचारले त कत्रा कत्रा पुलपुलेसा, सडक, हाइड्रो पावर नै सर्लक्क निलिदिन्छ । न लगानी गर्नुपर्ने, न दुःख गरेर पाखुरी ख्याउनुपर्ने । मुनाफा भने करोड अरवमा अझ गणतन्त्र आएसी यो रोगको महामारी यति विघ्न फैलिएको छ कि अख्तियार झिंगे माछा मारेर बस्छ । ठूला माछाको छेउमै पुग्न सक्दैन । तीन ठुन्का परेर स्तुति गान गाएर घण्टी हल्लाएर बस्छ ।
देउवा जोइको किर्तिमान
लाँग्रेस सभापति स्यालबहादुर जोइको यतिबेला किर्तिमानी चुलिएको चुलियै छ । पहिला पनि उन्को कर्तिमानी नचुलिएको होइन । स्याल बहादुरकी जोइले खोलेको युलेन्स स्कूल गज्जबको व्यापार गर्ने ग¥या रै’छ । कक्षा एककै विद्यार्थीसँग मासिक ४० हजार फि असुल्दो रै’छ । नेपालका मात्र नभएर संसारकै अन्य विद्यालयहरु भन्दा महँगो विद्यालय रे हैन हौ मान्छेको मान्छेको जातै नहुने भन्या । स्यालबहादुरकी जोइले मासिक ४० हजार लिउन कि एक लाख असुलुन अरुलाई के को खसखस हँ ? दमडी बढी भएकाहरुले युलेन्समा पढाउँछन । दमडी नहुनेले अन्तै ठर्रा स्कुलहरुमा पढाए भैगयो नि । युलेन्स भन्या ब्रान्डेड स्कुल पो हो त ? रेडलेवल र घर चुहाको एउटै मूल्य त हुँदेन नि हौ । युलेन्सलाई कस्ले छुने ? धन्न ट्रष्टमा दर्ता गरेर गैर नाफामुलक विद्यालय प¥यो । नत्र स्यालबहादुरकी जोइले अझ कति लिने थिइन । गैर नाफामुलक स्कुल भएकोले मासिक ४० हजार मात्र लिएको हो । कुरा बुझ्नुमा छ ।
षड्यन्त्रमा तानावाना
सत्ता भन्ने कुरा पनि विचित्रको हुँदो रै’छ । खप्रओ आच्या पर्धानमन्तरी भर्खरै उपचार गरेर अस्तिका दिन वाल्वाटार प्रवेश गरे । विचारा आरामै गर्दैछन् तर उन्न्का विरुद्धमा उनकै दल भित्रका सकुनीहरु यतिबेला तिल्मिलाउन थाल्या छन् । खप्रओले पाँचै बर्र्ष पर्धानमन्तरी पड्काउने भए भनेर चिन्तित भएमा गोडापाँचेक सकुनीहरुको प्रचण्डाउ निवासमा अति गोप्य वैठक बसेछ । अरु कसैलाई प्रवेश निषेध गरिएको गोप्य बैठक निक्कै गहन छलफल भयो रे । खप्रओलाई कसरी पर्धानमन्तरीबाट हुँक्याउने, त्यसपछि कस्लाई पर्धानमन्तरी बनाउने कुरा भयो भन्ने गाइगुई चल्या छ । खप्रओ अलिकति तंग्रिउन न मात्र त्यसरी गोप्य बैठक गर्ने सकुनीहरुको बाजा बजाउँछन् । बाघ जतिसुकै विरामी र घाइते भए नि त्यसले घाँस खाएर बस्दैन । यस्तो बेलामा असतीहरुले अलिकति हेक्का त राख्नु पर्ने हो नि ।
पोइको सफाइ
आशलाग्दो केटो जेठाजु प¥यो भनेर किन भन्या होला भन्या त बल्ल हिजो आज घण्टाघरको घैँटोमा घाम लाग्न थाल्या छ । कम्निष्ट सरकारका सबै मन्तरी बिग्रे, भत्केर बर्बाद भएको बेला पर्यटन तथा नागरिक उड्यान मन्तरी योगेश भट्टराईचाहिँ सज्जन
परेछन भन्या त ती पनि उही ड्यांगका मुला पो परेछन् । अरु मन्तरीहरु आफै बार्गेनिङ्ग गर्छन । तर योगेश पत्नीचाहिँ पतिलाई सघाउँदि रै’छिन् । आखिरी जोइ पोइ भन्या रथका दुई पाग्रा हुन भन्छन् । अब हेरम न नर्सिङ्ग काउन्सिलमा नियुक्ति पाएकी योगेश जोइले विद्यार्थी पास गराइदिन भनेर तीन लाखको बार्गेनिङ्ग गरिछन् । फलाहाहरुले वित्थाँ त्यो बार्गेनिङ्गको अडियो सार्वजनिक गरिदिएछन् ।
अपराधीहरु जाबो तीन लाखको के सार्वजनिक गर्नु ? अरुले अरब, करोड पचाइद्या छन् । विचारीले बडो थोरै बार्गेनिङ्ग ग¥या रै’छिन् । तै पनि
विचरा योगेशलाइ टेन्सिन भा’छ । जोइको नाम पोइसँग जोडेर भट्याउन थालेसी स्वभाविक रुपमा टेन्सिन त हुने नै भयो । विचरा अहिले सफाइ दिँदै हिड्या छन् ।
अन्तेमा
लाँग्ेसको आगामी महाधिवेशनले देउलाई उत्तानोचित्त बनाउला जस्तो छ । लाष्टा आएर दुइ चार महिना पद बाँडेर बलियो हुन खोज्या देउवाको कन्दनी खुस्कने छाँट देखियो । तननहुँका रामचन्द्रे बाजेका भाग्य
चरम्केला जस्तो छ । हुन त बाजेमाथि अन्यायचाहिँ भएकै छ । १७ पटक पर्धानमन्तरीका लाग लडे बजारिए, यसभन्दा अगाडि सभापतिमा लडे चिप्लिए । अझै पनि पर्यासचाहिँ गरिरा’छन् । कोइराला परिवारले बाजेलाई साथ देलान जस्तो छ । अस्तिका दिन तनहुँतिर पुगेर शेखराउले भनेछन् कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने
छैन । यसो भनेसी’ बाजेको सुदिन आएजस्तो छ । विचरा बाजे माथि अन्यायचाहिँ भएकै हो । जे गरे पनि हात लागि शून्य भए पनि हिम्मत चाहिँ बाजेले हा¥या रै’नछन् ।
कोइराला परिवारको साथ र सहयोग पाए भने बाजे फुत्त निस्कन बेर लगाउँदैनन् । आगे खप्परकै
मर्जी ।

तपाईको प्रतिक्रिया