प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यही फागुन २४ गते हुने १३ औं दिक्षान्त समारोह स्थगित भएको छ ।
चीनको बुआनबाट शुरु भएको कोरोना भाइरसले नेपाललाई विश्व स्वास्थ्य सगठनले उच्च जोखिम राखेपछि नेपाल सरकारले सोमबार कुनै पनि सभा सेमिनार गर्न नपाउने भन्दै निर्णय गरेपछि प्रतिष्ठानको दिक्षान्त समारोह अनिश्चित कालका लागि स्थगित भएको हो ।
विगत चार बर्षदेखि दिक्षान्त समारोह हुन नसकीरहेको अवस्थामा यस बर्ष पनि कोरोना भाइरसका कारण स्थगित गर्नु परेको प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले बताउनुभयो । आज विहान प्रतिष्ठानका पदाधिकारीहरुको आकस्मिक बसेको बैठकले दिक्षान्त समारोह स्थगित गर्ने निणय गरेको कार्यवाहक उपकुलपति प्रा.डा. खनालले बताउनुभयो । उहाले ४१ औं सिनेटको बैठकबाट फागुन २४ गते दिक्षान्त समारोह गर्ने निर्णय गरे पनि सरकारको निर्णय पश्चात हाललाई दिक्षान्त समारोह स्थगित गरिएको बताउनुभयो । २०७२ सालमा १२ औं दिक्षान्त समारोह भए यता दिक्षान्त समरोह हुन सकेको थिएन । यसपटक भने गर्ने निश्चित भएको भए पनि हुन नसक्दा दिक्षित हुने १ हजार २ सय ७७ जना विद्यार्थीहरुले अन्यौलमा परेका छन् ।
यस पटक पिएचडीमा २, डिएम÷एमएसमा ३ सय २४, एमडिएचए मा २, एमडिएसमा ४४, एमपिएचमा ४९ एमएस्सी वेसिकमा २२, एमएस्सी नर्सिङ्गमा ८९, एमविविएसमा ३ सय ९४, विडिएसमा १ सय ६९, विएस्सी नर्सिङमा १ सय १७, विएस्सी एमआइटीमा ३० विएस्सी एमएलटीमा १८, विएनमा २ जना विद्यार्थी दिक्षित हुने भएका थिए ।

तपाईको प्रतिक्रिया