उत्तरी छिमेकी चीनबाट दुई महिना अगाडि फैलिएको कोरोना भाइरस र नेपालको पछिल्लो राजनीति दुवै तुलनायोग्य देखिएको छ ।
कोरोना आर्थात संसोधिन नाम कोभिङ्ग १९ ले विश्वलाई विस्तारै गाँज्दै लगेको छ भने नेपालको राजनीतिमा सत्ता पक्षीय कम्युनिस्टको सरकारले आन्तरिक रुपमा नेपालमा त्रासदी, अराजकतामात्र मच्चाएको छैन उच्च पदमा बस्ने जिम्मेवार मन्त्रीहरु नै परस्त्री गमन, कमिशन, भ्रष्टाचारमा लिप्त भएका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा सूचना तथा प्रविधि मन्त्री गोकुल वास्कोटाको बार्गेनिङ्गको प्रसंग सेलाउन नपाउँदै प्रदेश नं. १ का मुख्य मन्त्रीको विरुद्धमा अदालतमा परेको मुद्दा थप पेचिलो बन्दै गएको छ । नेपालमा दलहरु सत्तामा पुगेपछि तिनले गरेका गतिविधि सदैव चर्चामै रहने गरेको छ । प्रदेश न. १ का मुख्यमन्त्रीको अनुहार विगतको भन्दा मलिन मात्र देखिने गरेको छैन उनी सहभागी हरेक कार्यक्रममा आफू निर्दोष भएको बखानमात्र गर्न थालेका छन् । कसैले कसैमाथि त्यसै आरोप लगाउदैन । जब आरोपमा सत्यता हुन्छ त्यसबेला आरोप लगाउने निर्धक्कसँग सम्बन्धित निकायमा आफ्ना अन्तर पीडाहरु सुनाउन पुग्छ । न्यायिक निकायसँग हारगुहार गर्छ । यतिबेला मुख्यमन्त्रीमाथि विगतदेखि नै आफ्नो शारीरिक शोषण गरेको आरोप लगाउदै आएकी महिलाले अदालतमा मुद्दा दायर समेत गरेकी छन् । उता वामदेव गौतम र सत्तापक्षीय अन्य नेताको धुव्रिकरणले दुई तिहाइ वहुमतको सरकार नराम्रोसँग ढल्मलाएको छ ।
यतिबेला नेपालको राजनीतिलाई विश्लेषकहरुले कोरोना भाइरससँग तुलना गरेका छन् । यद्यपि कोरोना भाइसरले यतिबेला विश्वव्यापी आकार ग्रहण गरेको छ भने नेपालको राजनीतिले अस्थिरता निम्त्याएको छ । सरकार जिम्मेवार विहीन र अस्थिर बन्दै जाँदा नेपालमा प्रभावित देश चीनका नागरिकहरु निर्वाध नेपाल प्रवेश गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमान स्थल र उत्तरी नाका प्रयोग गरी उनीहरु नेपाल प्रवेश
गरिरहेका छन । नेपाल सरकारले अन्तर्राष्ट्रिय विमान स्थलमा कोरोना परिक्षणका लागि कुनै सम्वेदनशीलता देखाउन सकेको छैन । कोविड १९ बाट चीनमा हालसम्म ५ हजार भन्दा बढी मानिसको मृत्यु भइकेको छ भने लाखौ चिनियाँ नागरिकहरु प्रभावित भएका छन । इरानमा ४० जनाको मृत्यु भइसकेको छ भने ३० औ हजार प्रभावित भएका छन् । कोरियामा ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५० हजार भन्दा बढी प्रभावित भएका छन । इटाली, जापान, फ्रान्स, फिलिपिन्स, डायमण्ड प्रिन्सेस, सिंगापुर, अमेरिका, तथा य्ुरोपियन देशहरुमा कोरोनाको त्रास बढिरहेको छ ।
कोरोना रोकथाममा नेपालले हालसम्म कुनै प्रकारको सावधानी अपनाएको देखिदैन तर अन्य देशले त्यसलाई गम्भिरतापूर्वक लिएर रोकथामका हरसम्भव उपायहरु अवलम्बन गर्न थालेका छन् । यहाँ सम्म कि अन्य देशले हवाई यातायात बन्द गरेका छन्, सामुन्द्रिक जहाजमा कडाई गरेका छन् अन्तरदेशीय यातायातमा प्रतिबन्ध लगाएका छन् । आफ्ना नागकिरको सुरक्षामा उनीहरु सम्वेदनशील भएका छन् । तर नेपालमा राजनीतिमा देखिएको विकृति जस्तै कोरोनामा समेत उदासीनाता देखिएको छ । विश्व स्वास्थ्य संगठनले हरेक देशलाई सतर्क गरिरहेको छ । अन्तर्राष्ट्रिय उड्यानबाट नेपाल प्रवेश गर्नेै आफ्नै नागरिकमात्र नभएर अन्य देशका नागरिकहरुको समेत नेपालले निगरानी गर्न सकेको छैन । प्रारम्भमा चीनले कोरोना भाइरसको महामारीलाई लुकाउने प्रयास गर्दा विश्वले आज नियति भोग्नु परेको हो । शुरुमै चीनले कोेरोना भाइरसका सम्बन्धमा जानकारी गराउने चिकित्सकको भनाईलाई मनन गरी तत्काल रोकथामका उपाय अलवम्बन गरिदिएको भए कोरोनाबाट विश्व आज यति धेरै आतंकित हुनुपर्ने थिएन । आजसम्म कोरोनाको औषधि समेत पत्ता लागि नसकेको अवस्थामा यसको उपचार सावधानी मात्र हुने देखिएको छ ।
