पदभार ग्रहण गर्न क्वात्रा नेपाल आए

राजधानी÷नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा पदभार ग्रहण गर्न आइतबार काठमाण्डौ आइपुग्नु भएको छ ।
नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जिव सिंह पुरीको उमेर हदका कारण पौषमा अनिवार्य अवकाश भएपछि करिब दुई महिना भारतीय
राजदूतावास कार्यवाहक राजदूत तथा दुतावासका नियोग उप प्रमुख डा. अजयकुमारले चलाउदै आउनु भएको थियो ।
नव नियुक्त राजदूत क्वात्रालाई आइतबार त्रिभुवन विमान स्थलमा नियोग उपप्रमुख डा. अजयकुमार, नायव शिष्टाचार महापाल लगायतका पदाधिकारीले स्वागत गरेका थिए । क्वात्राले भोलि विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाउनु हुने भएको छ । विगत तीस बर्षदेखि भारतीय विदेश सेवामा संलग्न रहँदै आउनु भएका क्वात्रा सन् १९८८ देखि विदेश सेवामा रहँदै आउनु भएको छ । सन् १९९३ मा फ्रेन्च भाषा सिक्दै उहाँले आफूले सम्हाल्दै आउनु भएको संयुक्त राष्ट्र संघको जिम्मेवारीमा तृतीय सचिवको रुपमा र द्वितीय सचिवका रुपमा मानव अधिकार आयोगमा काम गर्नुभयो । त्यसबेला उहाँले कुटनैतिक रुपमा अन्तर्राष्ट्रिय सम्बन्धमा जिम्वावेमा ग्राएजुएसन गर्नुभयो ।
सन् १९९३ देखि २००३ को बीचमा उहाँले अफ्रिका, उज्वेकिस्तानमा राजनैतिक मिशनमा संयुक्त राष्ट्रसंघको मुख्यालको डेस्क अधिकारीका रुपमा काम गर्नुभयो । सन् २००३ र २००६ को बीचमा उहाँले भारतीय राजदूतावास चीनमा काउन्सिलर, उप्रमुखको रुपमा काम गर्नुभयो । सन् २००६ देखि सन २०१० सम्म व्यापार अर्थ व्यवस्थाको प्रमुखका रुपमा नेपालको सार्क सचिवालयमा भारतको प्रतिनिधित्व गर्नुभयो । मई २०१० देखि जुलाई २०१३ सम्म भारतीय राजदुतावास वासिंटन डिसीमा बाणिज्य विभागमा काम गर्नुभयो । जुलाई २०१० र जुलाई २०१५ को बीचमा क्वात्रा भारतको विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान विभागको अध्यक्ष रहनुभयो भने त्यसबेला उहाँले क्यानाडा र अमेरिका सँगको सम्बन्धलाई मजबुत बनाउने काम गर्नुभयो । अक्टुबर २०१५ देखि २०१७ सम्म उहाँले प्रधानमन्त्रीको कार्यालयमा संयुक्त सचिवको रुपमा काम गर्नुभयो । नेपाल आउनुभन्दा अगाडि उहाँ फ्रान्सको राजदूत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया